back
NMB ad

जब पीडित नै निस्किए चोर माथिको चण्डाल !

Kumari bank ad

काठमाण्डौं । न्यूरोडमा आफूलाई केही कुरा सुँघाएर बेहोस बनाई ३६ लाख रुपैयाँ लुटेको जाहेरी प्रहरीमा दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सीटीसी मलमा ईलोकट्रोनिक पसल संचालन गरेका अर्घाखाची केरुङ १ स्थाई घर भइ हाल कीर्तिपुर बस्ने ३९ वर्षका शोभाकर पोख्रेलले बैशाख ६ गते आफू लुटिएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

उनले कालो पाल्सरमा आएका दुई व्यक्तिले आफ्नो साथमा रहेको ३६ लाख लुटेको र आफूलाई कीर्तिपुरस्थित जंगलमा लगेर छाडेको भन्दै प्रहरीका पुगेका थिए ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरी तव अचम्ममा पर्‍यो जव उनले भनेको घटना विवरण वास्तविक थिएन ।

प्रहरीले पोखरेलका विषयमा अनुसन्धान गर्दा काठमाडौं ट्यांग्ला स्थित कामधेनु गाई फर्म की संचालिकालाई गाई फर्म किने बापत तीस लाख दिनु पर्ने र अर्का व्यक्तिलाई छ लाख पचास हजार दिनु पर्ने तथ्य पत्ता लाग्यो ।

रकम दिन नसक्ने अवस्था आएपछि उनले यस प्रकारको बनाबटि घटना बनाई प्रहरीलाई झुक्याउन खोजेको प्रहरीले जनाएको छ । उक्त घटनामा हराएको भनिएको मोवाईलको, ब्याट्रि, बाहिरी खोल, पैसा राखिएको भनिएको कालो व्याग हात खुट्टामा घाउ बनाउन प्रयोग गरीएको पेपर कटर चक्कु कीर्तिपुर स्थित जंगलबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

८ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख ८ बुधवार १२:२७ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...