back
NMB ad

भूकम्पले अझै १ हजार ७ सय व्यक्ति बेपत्ता

Kumari bank ad

काठमाण्डौं । ल्याटिन अमेरिकी देश इक्वेडरको तटीय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी अझै पनि एक हजार सात व्यक्ति बेपत्ता रहेको समाचार प्राप्त भएपछि यहाँका अधिकारीले मृतक सङ्ख्या अधिक मात्रामा बढ्ने चेतावनी दिएका छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ४९९ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन्।

अन्तर्राष्ट्रिय उद्धार तथा सहयोग समूहले भवन, होटेल र व्यापारिक संस्थामा पुरिएर रहेका व्यक्तिहरुको खोजीको लागी खोजीकार्यमा सम्लग्न हुने कुकुरहरुको पनि प्रयोग गरेको जानकारी दिएका छन्।

अझै १७ सय व्यक्तिको खोजीकार्य भइरहेको उपगृह मन्त्री डिएगो फुएन्टेस्ले बताएका छन्। सरकारले दिएको पछिल्लो तथ्याङ्कअनुसार यस भूकम्पमा परी चार हजार ६०५ व्यक्ति घाइते भएका छन्।

भूकम्प प्रभावित क्षेत्रहरुको भवन भग्नावशेषबाट ५४ जना व्यक्तिलाई जीवितै उद्धार गरिएको इक्वेडरका राष्ट्रपति राफेल कोरियाले बताए। अझै थप व्यक्तिहरुलाई जीवितै उद्धार गर्ने कोशिस भइरहेको जानकारी उनले दिए।

राजधानी क्विटोबाट १६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्प जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो। तटीय क्षेत्रमा पुनः ६.१ रिक्टर स्केलको भूकम्प गएको छ।

९ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख ९ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...