back
NMB ad

बसले कमायो महिनादिनै ७० लाख !

Kumari bank ad

काठमाण्डौ । उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । उनका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा इन्टरनेटको सुविधा छ । स्टेसन डिस्प्ले भने यात्रुलाई उपलब्ध गराउन सकिएको छैन । अबको केही दिनमा नै उक्त सुविधा समेत यात्रुले पाउने छन् ।

स्टेसन डिस्प्लेका कारण यात्रुले बस चढ्नका लागि एप्स हेरेर आउने समय पत्ता लगाई बस स्टपमा जान सक्ने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ । उनन्चालिस बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको छ । सबै बसले चक्रपथको परिक्रमा गरिरहेका छन् ।

बस सञ्चालमा आएपछि साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम भएको प्रालिको जिकिर छ ।

बैशाख १२, २०७३, ८।००

वि.सं.२०७३ वैशाख १२ आइतवार ११:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...