अन्तत: चीनको सामु झुक्यो भारत !

काठमाण्डौं । चीनले कडा रुपमा प्रतिवाद गरेपछि अन्ततस् चीनको सामु झुक्दै भारतले उइगर नेता डुलकुन ईसाको भारतका लागि दिइस्केको भिसा रोकेको छ ।

चीनले आतंकवादीको रुपमा ब्याख्या गर्दै आएको डुलकुन भारतको धर्मशालामा आयोजना हुन लागेको समारोहमा सहभागी हुने तयारीमा थिए । ईसालाई चीनले आतंकवादी भन्दै इन्टरपोलको रेड नोटिसमा समावेश गराएको छ। उनलाई भारत भित्रन भिसा समेत उपलब्ध गराइसकेको अवस्थामा चीनले कडा प्रतिवाद गरेपछि भारतले आफ्नो निर्णय सच्याउँदै भिसा रोकेको हो ।

अप्रिल ३० देखि मे १ सम्म धर्मशालामा आयोजना हुन लागेको इन्टरफेथ लिडरसीप कन्फ्रेन्समा सहभागी हुन डुलकुन भारत आउँदै थिए। भारतले उनलाई भिसा दिएपछि चिनियाँ विदेश मन्त्रालयले कडा आपत्ती जनाएको थियो।

डुलकुन वर्ल्ड उइगर कंग्रेसका कार्यकारी समितिका अध्यक्ष हुन्। भिसा क्यान्सिलको चर्को आलोचना गर्दै उनले दुस्खी भएको बताएका छन्।

१३ बैशाख २०७३, २।००

२०७३ वैशाख १३ गते १४:२७ मा प्रकाशित

You can share this post!

Reconstruction project in 11 districts

४ लाख ९० हजार कित्ता सेयर बेचेको साझा फेरि सेयर बजारमा

Related posts