back
NMB ad

पैसा बैंकमै थन्किएपछि साढे २२ हजारले सेवा पाएनन्

Kumari bank ad

पर्वत । यहाँ चालु आवको सामाजिक सुरक्षा भत्ता बैंकमै अलपत्र परेको छ । जिल्ला विकास समितिले पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि २०७२ साल असोज १९ गते गरिमा विकास बैंक लिमिटेड कुश्मा शाखालाई रकम निकासा दिए पनि अहिलेसम्म वितरण हुन सकेको छैन ।

गत असोज १९ गते पहिलो र दोस्रो चौमासिकको भत्तावृत्ति वितरण गर्नका लागि झन्डै रु चार करोड निकासा दिएको थियो । पहिलो चौमासिकमा वितरण गर्नका लागि रु एक करोड ९७ लाख ८६ हजार र दोस्रो चौमासिकका लागि रु एक करोड ९७ लाख ८६ हजार रकम निकासा दिएको भए पनि अझैसम्म वितरण हुन नसकेपछि जिल्ला विकास समितिले वितरण नहुनुको कारण माग गरेको छ ।

वृद्धवृद्धाले जिल्ला विकास समितिमा भत्ता नपाएको गुनासो गरेपछि स्थानीय विकास अधिकारी युवराज पौडेलले गत चैत २६ गते बैंकलाई पत्राचार गर्नुभएको थियो । जिविसले समयमै भत्ता उपलब्ध गराउन बैंकलाई ताकेता समेत गरेको छ ।

सहिद सप्ताहअघि नै सर्वसाधारणलाई भत्ता वितरण गर्नका लागि समयमै निकासा दिएको रकम अहिलेसम्म वितरण नहुँदा सर्वसाधारण समस्यामा परेका छन् । उनीहरु दैनिकजसो बैंकमा धाउँदै रित्तो हात फर्कन बाध्य भएका छन् ।

तेस्रो चौमासिकको भत्तासमेत वितरण गर्नुपर्ने बेलासम्म पनि पहिलो र दोस्रो चौमासिकको भत्ता वितरण हुन नसकेको हो । पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वडा दसँैअगावै असोज १ गतेसम्म वितरण गरिसक्न र दोस्रो चौमासिकको रकम सहिद सप्ताहको अवसरमा माघ १२ गतेभित्र वितरण गर्न बैंकलाई आग्रह गरिएको थियो ।

पर्वतमा विगत दुई वर्षदेखि सबै गाविसमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । जसमध्ये गरिमा बिकास बैंकको कुश्मा शाखाबाट ठूलीपोखरी, आर्थर शङ्करपोखरी, हुवास शाखाबाट हुवास, सरौखोला, भोर्ले, त्रिवेणी, टकलाक, बेउलीवास, उरामपोखरा, शालिग्राम, वहाकी, रानीपानी, बर्राचौर र होश्राङ्दी, तथा फलेवास शाखाबाट मुडिकुवा, खानीगाउँ, देवीस्थान, लिमिठाना, ठानामौला, कुर्घा पाङराङ र बाच्छा गाविसमा वितरण गर्दै आएको छ ।

यता गरिमा विकास बैंक कुश्मा शाखाका प्रमुख सुन्दरसिंह भण्डारीले वैशाख १५ गतेभित्रै वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले पहिलो चौमासिकको सबै वितरण गरिएको तर दोस्रो चौसिममा तथ्याङ्क अद्यावधिक गर्न समय लागेका कारण ढिलाइ भएको बताउनुभयो ।

गरिमा विकास बैंकबाहेक अन्य सबै बैंकले भने वितरण गरिसकेको जिल्ला विकास समितिले जनाएको छ । पर्वतमा चालु आवमा २२ हजार ५०६ जनालाई भत्ता वितरण गर्ने जनाएको छ ।

१३ बैशाख २०७३, ३।३०

वि.सं.२०७३ वैशाख १३ सोमवार १६:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...