धादिङ गुम्दीकी ज्योति बेपत्ता

धादिङ । धादिङको गुम्दी १ ज्योगि गुरुङ बैशाख ९ गते देखि बेपत्ता भएकी छिन् ।

धादिङको रायटार स्थित फुपु नन्दी माया गुरुङको घरमा बसी एल.एल. सि दिएकी १९ बर्षीय ज्योति गुरुङ बैशाख ९ गते दिउँसो १ बजेबाट बेपत्ता भएको बुबा हेम बहादुर गुरुले बताउनु भएको छ ।

बिहिबार देखि परिवारको सम्पर्क बिहिन भएकी ज्योति बुधबार फुपु नन्दी माया गुरुङलाई ९८०३२३१२२६ नम्बर बाट आज म भारत जादै छु भनी कल गरेकी थिइन् ।

एक्कासी छोरी यसरी एस.एम.एस गर्दा छोरीलाई कसले, कहाँ को मार्फत गएको केही थाहाँ नभएको ज्योतिको बुबा बताउनु हुन्छ । एस.एम.एस आएको नम्बरमा अहिले फोन गर्दा लाग्दैन् । अध्ययन कै क्रममा विगत ३ बर्ष देखि फुपुको घरमा बसोबास गर्दै आएकी थिइन् ।

यदि कसैले ज्योति गुरुङलाई चिन्नु वा देख्नु भएमा फुपु नन्दी माया गुरुङलाई सम्पर्क गरि दिनु हुने अनुरोध गर्दछौं । फुपु नन्दी माया गुरुङ मोवाईल नम्बर:९८४१९५४८८३ वा जिल्ला प्रहरी कार्यालय धादिङ फोन ०१०–५२०१९९,५२०३१० मा सम्पर्क गर्नुहोला ।

प्रकाशितः २०७३ वैशाख १५

२०७३ वैशाख १५ गते १४:२६ मा प्रकाशित

You can share this post!

वित्तीय स्थायित्वप्रति केन्द्रीय बैंक प्रतिबद्धः गभर्नर

खुल्यो स्पेयर्स पार्ट र सेल्स सर्भिस सहित टोयटा मोटर्सको नयाँ सोरुम

Related posts