back
NMB ad

मन्त्रालयलाई चाहियो ४२ जना कर्मचारी, जेठ १६ सम्म म्याद

Kumari bank ad

काठमाण्डौं । समाजकल्याण परिषदले बिभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ। बिहीबार सूचना प्रकाशित गरी परिषदले प्रशासन, कानुन र लेखा समूहमा खरिदारदेखि शाखा अधिकृत सरहका कर्मचारी माग गरेको हो।

परिषदले शाखा अधिकृत सरहका ११ जना सहायक निर्देशक, १ जना कानुन अधिकृत, नायब सब्बा सरहका ४ जना सहायक प्रथम र ४ जना लेखापाल र १ जना टेलिफोन अपरेटर माग गरेको छ। त्यस्तै खरिदार सरहका १६ जना सहायक द्वितीय, ३ जना सहलेखापाल, १ जना प्लम्बर र १ जना टेलिफोन अपरेटर माग गरेको सूचनामा उल्लेख गरिएको छ।

सहायक निर्देशकका लागि स्नातक उतीर्ण, कानुन अधिकृतका लागि कानुनमा स्‍नातक, सहायक प्रथम र लेखापालका लागि प्लस टु सरह उतीर्ण र सहायक द्वितीयका लागि एसएलसी पास हुनुपर्नेछ। दुईजना टेलिफोन अपरेटरमध्ये एक जना प्लस टु उतीर्ण र एक जना एसएलसी उतीर्ण माग गरिएको छ।

त्यस्तै प्लम्बरका लागि प्राविधिक एसएलसी पास गरेको वा सिटिइभिटीबाट तह २ को सीप परीक्षण परीक्षा उतीर्ण भएको हुनुपर्नेछ।योग्यता पुगेका नेपाली नागरिकले जेठको १६ गतेसम्म दरखास्त दिनुपर्नेछ। दरखास्त शुल्क अधिकृत तहको १ हजार, नायब सुब्बा तहकोलाई ४ सय र खरिदार सरहकोलाई ३ सय रुपैयाँ तोकिएको छ।

१६ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख १६ बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...