कुकुरले चिन्यो हत्यारा, यौनसम्पर्क गर्न नमानेपछि भयो हत्या

काठमाण्डौं । सल्यानको छायाँक्षेत्र गाविस राना गाउँकी सीता खाँड, उनकी दुई छोरी र बहिनीको मंगलबार राति भएको हत्याका अभियुक्तलाई प्रहरीले कुकुरको सहयोगमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले राना गाउँकै अन्दाजी २० वर्षीय युवक सन्जय भारतीलाई पक्राउ गरेको हो । भारतीले प्रहरीलाई दिएको बयानअनुसार उनले मंगलबार दिउँसो दाउरा चिर्ने काम सकाएपछि मादक पदार्थ सेवन गर्न गएका थिए । प्रारम्भिक बयानका क्रममा उनले यौन सम्पर्क गर्न नमानेपछि सबैजनाको हत्या गरेको बताएका छन् ।

१६ बैशाख २०७३, २।३०

२०७३ वैशाख १६ गते १५:०४ मा प्रकाशित

You can share this post!

आगलागी पीडितले पाए १४ लाख सहयोग !

बजेट प्रस्तुत गर्ने दिन सार्न प्रधानमन्त्रीको आग्रह

Related posts