back
NMB ad

थप ११ अर्ब रकम भूकम्पपीडितका लागि निकासा

Kumari bank ad

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ता अनुदान दिन ११ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ थप रकम निकासा गरेको छ। प्राधिकरणले गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा, रसुवा, ओखलढुंगा र सिन्धुलीका अनुदान रकम पाउनयोग्य तीन लाख भूकम्पपीडितका उक्त रकम निकासा गरेको हो।

यसअघि प्राधिकरणले अनुदान सम्झौताका लागि झन्डै ९१ करोड ९९ लाख ४२ हजार रुपैयाँ निकासा गरेको थियो। यसअघि र अहिले गरेर प्राधिकरणले आवास अनुदानतर्फ निकासा गरेको रकम १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार रुपैयाँ पुगेको छ।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले उक्त रकम ११ जिल्लाका जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूचीअनुसार बैंकमार्फत उपलब्ध गराइनेछ। भूकम्पपीडितको तथ्यांक संकलनपछि जिल्ला समन्वय समितिबाट नाम प्रकाशित भएका भूकम्पपीडितलाई तीन किस्तामा दुई लाख रुपैयाँका दरले आवास निर्माण सहयोग उपलब्ध गराउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ। जसअर्न्तगत भूकम्पपीडितले पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाउनेछन्।

प्राधिकरणले बैंक र सम्बन्धित जिविसलाई सम्झौता गर्न लगाइ अनुदान सम्झौता भइसकेका परिवारलाई पहिलो किस्ता अनुदान राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमार्फत वितरण गर्न अनुरोध गरेको हो।

प्रकाशितः २०७३ वैशाख १८

वि.सं.२०७३ वैशाख १८ शनिवार ११:३४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...