back
NMB ad

विकास खर्चको प्रगति ८० प्रतिशत पु¥याउन ओलीको निर्देशन

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटले लक्ष्य निर्धारण गरेअनुसार परिणाम देखिने गरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘चालु आवको बजेट कार्यक्रमको प्रगति तथा कार्यान्वयका चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दुई महिनाभित्र विकास खर्चको प्रगति ८० प्रतिशत पु¥याउने गरी कामको चाँजोपाँजो मिलाउन निर्देशन दिनुभएको हो ।

चैत मसान्तभित्र विकास खर्चको प्रगति केवल १८ प्रतिशत मात्र रहेको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विकास निर्माणका कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक छ, आगामी दुई महिनाभित्र विकास खर्च कम्तिमा पनि ८० प्रतिशत हुने गरी काम गर्नोस् ।”

सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवसँग किन विकास बजेट खर्च भएन, के समस्या देखियो, अब कसरी लक्ष्य हासिल गर्न सकिन्छ भनेर जिज्ञासा माग्नु भएको थियो ।

मन्त्रालयगत खर्च र प्रगति विवरण प्रस्तुत गर्दै सचिवले भूकम्प, लामो समयसम्मको नाकाबन्दी, योजना कार्यान्वयनमा लैजान झन्झटिलो प्रक्रिया र एक अर्का मन्त्रालयसँग जोडिएका विषयवस्तुले निर्धारित लक्ष्य समयमै प्राप्त गर्न चुनौती खडा गरेको जानकारी गराउनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।

प्रकाशितः २०७३ वैशाख १८

वि.सं.२०७३ वैशाख १८ शनिवार १४:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...