back
NMB ad

बाँदर धपाउनेको मासिक तलब २५ हजार

Kumari bank ad

काठमाण्डौं ।  बाँदरले दुस्ख दिन थालेपछि केरौँजाका किसानले मकै नभित्र्याउने वेलासम्मका लागि तलब दिएर बाादर धपाउन मान्छे राखेका छन्। केरौँजा–५ र ६ का किसानले मासिक २५ हजारका दरले तलब दिने गरी चारजना हेरालो राखेका हुन्।नयाँ पत्रिका दैनिकमा समाचार छ।

मकै जोगाउन मान्छे राखिएको केरौँजा–६ रुन्चेतका गोपाल घलेले बताए। ‘भूकम्प गएकाले पोहोर खेती लगाएनौँ। राहतका भरमा एक वर्ष कट्यो। सधैँ त राहत पाइँदैन होला। यसपटक पनि मकै लगाइएन भने के खाने ? घलेले भने, ‘यसपालि बारीमा मकै लगाएका छौँ। बाँदरले सखाप बनाउने भएकाले बाली जोगाउन हेरालो राखेका हौँ।’

जेठदेखि भदौसम्म हेरालो

जेठबाट भदौसम्मका लागि हेरालो राखिएको घलेले बताए। बारी टाढा भएको र यो समयमा गाउँमा मान्छे पनि कम हुन भएकाले हेरालो राखिएको उनको भनाइ छ। ‘घरबाट दुई–तीन घन्टा हिँडेर बारीमा जानुपर्छ,’ उनले भने, ‘फेरि यो सिजनमा हामी यार्सा संकलन गर्न जान्छौँ। मकै कुरेर बस्ने मान्छे पनि हुँदैन।’

यस क्षेत्रका अधिकांश बासिन्दा यार्सा संकलनका लागि मनाङ, मुस्ताङ तथा गोर्खाकै हिमाली क्षेत्रमा जाने गर्छन्।

प्रकाशितः २०७३ वैशाख १९

वि.सं.२०७३ वैशाख १९ आइतवार १०:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...