back
NMB ad

नेपाली जुत्ता विदेशी बजारमा, साढे २ अर्बको जुत्ता निर्यात

Kumari bank ad

काठमाण्डौं । नेपाली जुत्ता गोल्डस्टार संसारकै चर्चीत अनलाईन मार्केटप्लेस कम्पनी अलिबाबाको अनलाईन सपिङ साइटमा बिक्रीका लागि राखिएको छ । दैनिक अर्बौ कारोबार हुने अलिबाबामा नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो कम्पनी बनेको छ ।

माओवादी जनयुद्धको समयमा स्वदेशमा लोकप्रिय बनेको यो ब्रान्डले विश्वबजारमा समेत स्थापित ब्रान्ड बनाउन सफल भएको छ । भारत लगायत अन्य दक्षिण एसियाली तथा मध्य पूर्वी मुलुकका मध्यम वर्गका मानिसहरुका माझ गोल्डस्टार लोकप्रिय छ।

नेपालमा उत्पादन हुने जुत्ताहरुमध्य ८० प्रतिशत जुत्ताहरु विदेशमा निर्यात हुने गरेका छन् । त्यसमध्य निर्यातहुने अधिकांश जुत्ताहरुमा गोल्डस्टार जुत्ताले एकछत्र राज गरेको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका अध्यक्ष रविन कुमार श्रेष्‍ठले बताए । श्रेष्ठका अनुसार गत वर्ष विदेशमा साढे दुई अर्ब नेपाली जुत्ता निर्यात भएका छन् ।

नेपाली जुत्ता बजारले अहिलेसम्म स्वदेशमा ६५ प्रतिशत माग पुरा गर्न सकेको श्रेष्ठले बताए। नेपाली जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा नेपाल पूर्णरुपमा आत्मनिर्भर बन्न सकेका छैनन्। नेपाली जुत्ता उत्पादनमा ३० प्रतिशत मात्र कच्चा पदार्थ पाइने र बाकी कच्चा पदार्थ बाहिरबाट आयात हुने गरेको उनले जानकारी दिए। श्रेष्ठका अनुसार नेपालमा करिब आठ सय ५० देखि नौ सयसम्मका घरेलु उद्योग र दुई सय ५० वटा उद्योग दर्ता भएका छन् । देशभरमा करिब दुई हजार जुत्ता तथा चप्पल उद्योगहरु सञ्चालनमा रहेका छन् ।

१९ बैशाख २०७३, १०।००

वि.सं.२०७३ वैशाख १९ आइतवार ११:३६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...