back
NMB ad

बूढीगण्डकी जलविद्युत् निर्माण गर्न गोरखाका दल प्रतिबद्ध

Kumari bank ad

गोरखा, १९ वैशाख । एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा गोरखामा क्रियाशील विभिन्न राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका छन् ।

दिनहुँ विद्युत्भार कटौती बढिरहेको भन्दै उनीहरुले द्रुतगतिमा आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरुले गोरखा र धादिङको सीमामा बूढीगण्डकीमा बाँध बाँधेर विद्युत् उत्पादन गर्दा समग्र देशको आर्थिक विकासमा कायापलट हुने विश्वास व्यक्त गरे ।

बूढीगण्डकी आयोजना निर्माणमा सघाउनका लागि नेपाली काँग्रेस गोरखाले आज आयोजना गरेको अन्तक्र्रियामा बोल्दै बूढीगण्डकी विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले आयोजना निर्माणको कामलाई तीव्रता दिइने बताए । आयोजनाको काम समितिले गर्ने कि कम्पनी मोडलअनुसार गर्ने भन्ने टुङ्गो सरकारले लगाइसकेको छैन ।

नेपाली काँग्रेस सरकारमा नरहे पनि आयोजना निर्माणमा सक्दो सघाउने प्रतिबद्धता जिल्ला सभापति हरिबहादुर घलेले गरेका छन् । प्रभावित क्षेत्रका स्थानीय जनतालाई मुआब्जा दिएर वैकल्पिक, सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउँदै घलेले भूकम्पपछिको पुनःनिर्माण अभियानकै क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई पनि अन्यत्र सार्न सरकारलाई सुझाव दिए ।

कार्यक्रममा जिल्लामा क्रियाशील नेकपा (एमाले), राप्रपा नेपाल, राप्रपा, नेपाल परिवार दललगायत दलका प्रमुख एवम् प्रतिनिधि उपस्थित भएका थिए । उनीहरुले बढ्दो विद्युत्भार कटौती रोक्न पनि छिट्टै आयोजना बनाउनुको विकल्प नभएको धारणा राखे ।

साथै, भूकम्पले भत्काएको आयोजना निर्माणस्थलमा रहेका विद्यालय, स्वास्थ्य चौकी, गाविस भवनलगायत संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्ने राजनीतिक दलका प्रतिनिधिले बताएका छन् ।

वि.सं.२०७३ वैशाख २० सोमवार ०६:२१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...