back
NMB ad

लगानीका लागि तयार हुनुहोस्, बजारमा आउँदैछ सवा अर्बको सेयर

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा परेको आवेदन अनुसार सेयर बजारमा केही समयभित्रमै सवा १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन हुने भएकोछ । बोर्डमा विभिन्न समूहका ३४ वटा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ ९१० करोड २८ लाख कित्ता० बराबरको हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

तीमध्ये अधिकांश बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीहरूलाई सेयर निष्कासन गर्न बाटो खुल्ने छ । सामान्यतया बोर्डबाट अनुमति पाएको २ महिनाभित्र कम्पनीले सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

हकप्रद सेयरका लागि कम्पनीहरूमा ३ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक र १३ वटा फाइनान्स कम्पनीको बोर्डमा आवेदन परेको छ । यस्तै २ वटा बिमा, १ जलविद्युत् कम्पनी र नागरिक लगानी कोषले आवेदन दिएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिको निर्देशन दिएपछि हकप्रद र बोनस सेयर जारी गर्ने क्रम बढेको छ ।

२२ बैशाख २०७३, १०।००

वि.सं.२०७३ वैशाख २२ बुधवार १२:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...