काठमाडौंमै प्रहरीद्धार नष्ट गरियो, ११ सय रोपनीको गाँजा खेती

काठमाडौं । लागू औषध नियन्त्रण व्यूरोले काठमाडौँमा गरिएको विशेष अप्रेशनको क्रममा ११ सय रोपनी जति जग्गामा लगाईएको गाँजा खेती नष्ट गरेको छ।

काठमाडौँ गोकर्णेश्वर १ अन्तर्गत चिलाउने र वडा नं.२ अन्तर्गतको ओख्रेनी, मुलखर्कको विभिन्न स्थानहरुको मकै बारी, करेसा बारी तथा आलु बारी भित्र करिव ११ सय रोपनी जग्गामा लगाईएको अबैध गाँजा खेती नष्ट गरिएको व्युरोले जनाएको छ।

उक्त क्षेत्रहरुमा गोठ तथा बारीको कान्लाहरुमा समेत लुकाई छिपाई राखिएको अवस्थाको तयारी गाँजा १३ सय किलो समेत बरामद गरी नष्ट गरिएको छ । गाँजा खेती फाड्न ६९ जनाको प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

प्रकाशितः २०७३ वैशाख २३

२०७३ वैशाख २४ गते ११:४१ मा प्रकाशित

You can share this post!

Banks once again flushed with excess liquidity

आयो करिब ९० लाख बोनस सेयर, हेर्नुहोस् कसले कति ल्याएका छन्

Related posts