back
NMB ad

मेरो माइक्रोफाइनान्सको सेयर बाँडफाँड भोलि, गोलाप्रथाबाट छानिने

Kumari bank ad

काठमाण्डौं ।  मेरो माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड भोलि हुने भएको छ। माग गरिएको संख्याभन्दा १ सय ९५ गुणा बढी आवेदन परेपछि साना लगानीकर्ता सबै गोलाप्रथाबाट छानिने भएका छन्।

२ लाख ३० हजार भन्दा कमको सेयर माग गर्ने लगानीकर्ताहरु पनि गोलाप्रथाबाटै छानिने छन्। गोलाप्रथाबाट छानिएका आवेदकले कम्पनीको १० कित्ता सेयर मात्रै पाउने छन्। अधिकतम सेयर माग गर्ने आवेदकले भने ०. ४१ प्रतिशत सेयर पाउने सम्बद्ध स्रोतले जनाएको छ।

यसअघिका कम्पनीहरुमा साना लगानीकर्ता लाभान्वित हुँदै आएकोमा यो कम्पनीबाट भने ठूला लगानीकर्तालाई बढी फाइदा हुने देखिएको छ।

६ लाख १२ हजार कित्ता सेयरका लागि विक्री खुला गरिएको थियो। १ लाख ६८ हजारले आवेदन दिँदा १२ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको थियो। सेयर बिक्री बन्द भएको ५० दिनभित्रमा बाँडफाँड भइसक्नुपर्ने प्रावधान रहे पनि बाँडफाँड झण्डै २ महिनापछि मात्रै हुने भएको  हो।

प्रकाशितः २०७३ वैशाख २८

वि.सं.२०७३ वैशाख २८ मंगलवार १२:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...