back
NMB ad

काफल बेचेर दैनिक १ हजार, पढाई खर्च टार्दैछन् बालबालिका !

Kumari bank ad

डडेल्धुरा । सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका महिला र बालबालिकाका लागि काफल आम्दानी गर्ने राम्रो स्रोत बनेको छ ।

बालबालिकाले काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेका छन् । काफल बिक्री गरेर पढाई खर्च जुटाउने गरेको अमरगढी– १ मालम का १० वर्षीय राम दियालले बताए । “काफल बिक्री गरेर आफूलाई चाहिने कापि, कलम र लुगा खरिद गर्छु, बाँकी पैसा घरमा दिने गरेको छु” उनले भनिन् ।

जिल्लाको अमरगढी नगरपालीकाको मालम, दह ब्यारेक, काँडे, भेटा, ढुन्ढुनेलगायत राजमार्ग छेउछाउका बस्तीका बालबालिका दैनिक काफल सङ्कलन गरी बिक्री गर्दै आएका छन् । टाढा टाढा गाउँबाट काफल बेच्नका लागि बालबालिका स्याउले बजार तथा सदरमुकाम आउने गरेका छन् ।

सुदूरपश्चिमका नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेको बिहानैदेखि भिड लाग्छ । महिला तथा बालबालिका घरको अन्य काम छोडेर भए पनि काफल बेच्नमा सक्रिय हुने गरेका छन् ।

यसैगरी भिमदत्त राजमार्ग छेउछाउ मौसम अनुसारका फलफूल तथा जङ्गली फल काफल, कोइराल, अमला बेच्नेको ताँति नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइको खर्च जोहो गर्छन् । विद्यायालय समयपछि बालबालीका प्रायः यो व्यवसायमा लाग्ने गरेका छन् ।

जिल्लाबाट ओहरदोहर गर्ने यात्रु कोसेलीको रुपमा काफल लैजाने गरेका छन् । यहाँबाट तराईका विभिन्न जिल्लामा काफल निर्यात हुने गरेको छ ।

३१ बैशाख २०७३, ३.३०

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार १६:०९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...