एन्फालाई दुई लाख १७ हजारको खेलकुद सामग्री सहयोग

काठमाण्डौं । जापानको एक नेपाली खेलसंस्थाले अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०लाई खेलकुद सामग्री उपलब्ध गराउने भएको छ ।

एक महिनाअघि जापानमा सम्पन्न अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा सहभागिताका लागि उठाइएको आवास खर्चबाट बचत भएको दुई लाख १७ हजार ४३१ जापानी येनको खेलकुद सामग्री सहयोग गरिने भएको हो ।

जापान बाल फुटबल सहयोग समितिका संयोजक सरदकुमार गौचनले बाल खेलाडीको आवासका लागि उठाएको बचत रकमबाट एन्फालाई खेल सामग्री सहयोग गर्ने निर्णय भएकोे जानकारी दिनुभयो ।
संयोजक गौचनका अनुसार उक्त प्रतियोगितामा जापानमा रहेका विभिन्न फुटबल क्लबका २२ टिम र मेक्सिको, अस्ट्रेलिया, इङ्ल्यान्ड, जर्मन, हङ्कङसहितका २८ टिमसँग नेपाली बाल खेलाडी भिडेर नेपाललाई तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

जापानका १२ अञ्चलबाट विजय भएर खेल मैदानमा भिडेका चार जापानी टिम र हङ्कङ, अस्टे«लियालगायतका टिमलाई हारको साक्षी बनाएका बाल खेलाडी नेपालको पश्चिमाञ्चल क्षेत्रका ६०० जनाबाट छानिएर आएका खेलाडी थिए ।

प्रकाशितः २०७३ जेठ १

२०७३ जेष्ठ १ गते ११:३९ मा प्रकाशित

You can share this post!

आजबाट नयाँ ट्राफिक जरिवाना कार्यान्वयन

फोनमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु

Related posts