back
NMB ad

हकप्रद सेयर निष्काशनमा धितोपत्र बोर्डको यस्तो निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि योजनालाई सफल बनाउन महत्वपूर्ण सर्तसहित बैंकहरूलाई क्रेडिट रेटिङ नगरीकनै हकप्रद सेयर निष्कासन गर्न दिन सकिने छुट दिएको छ । बोर्डले नेपाल बैंकर्स संघ, विकास बैंकर्स संघ र वित्त कम्पनी संघको माग  र नेपाल राष्ट्र बैंकको सिफारिसलाई सम्बोधन गर्दै उक्त निर्णय गरेको हो ।

राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बैंकको चुक्ता पुँजी वृद्धि गर्नुपर्ने निर्णय गरेको छ । यसअनुसार वाणिज्य बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउने पर्ने हुन्छ । भने अन्य वित्तियसंस्थाले पनि सोही अनुसार आफ्नो चुक्ता पूँजी वृद्धि गर्नुपर्ने हुन्छ ।

चुक्ता पुँजी बढाउनका लागि जारी गरिने हकप्रद निष्कासनमा पनि अनिवार्य क्रेडिट रेटिङ गर्नुपर्दा निकै ढिला हुने भएपछि सर्तसहित रेटिङबिना नै हकप्रद जारी गर्न सक्ने निर्णय गरेको हो । औपचारिक रुपमा आइतबार जानकारी गराउने बोर्डको अध्यक्ष निरज गिरीले जानकारी दिएका छन् ।

तर यसरी हकप्रद एक सय रूपैयाँ मै निष्कासन गर्नुपर्ने, अंकित मूल्यभन्दा दोस्रो बजारमा सेयरको भाउ बढी भएको हुनुपर्छ । यसैगरी, विगत पाँच वर्षदेखि सञ्चालनमा भई कम्तिमा तीन वर्षदेखि लगातार नाफामा सञ्चालन भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, सञ्चित नोक्सानी नभएका कम्पनी हुनुपर्नेछ भने खराब कर्जाको मात्रा पनि राष्ट्र बैंकले तोकेको प्रावधानभन्दा माथि हुनुहुँदैन । सामान्यतयः खराब कर्जा अनुपात पाँच प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले प्रबन्धपत्र र नियमावलीमा पुँजी वृद्धिको स्वीकृत अभिलेख हुनुपर्ने व्यवस्था छ ।

देशमा एउटामात्र रेटिङ कम्पनी भएकाले अधिकांश कम्पनीले हकप्रद निष्कासन गर्ने भएकाले नभ्याउने भएकाले कम्पनीहरूको आग्रहमा यस्तो निर्णय गरेको धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार १३:०८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...