back
NMB ad

बगानमा हरियो पत्ती अभाव पछि चिया कारखाना ठप्प

Kumari bank ad

इलाम । लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् ।

अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले भने “योपटक एक महिनादेखि कारखाना चलेका छैनन् । पत्ती राम्रोसँग कारखानामा आउन अझै एक दुई हप्ता लाग्छ ।”

केही दिनयता सुरु भएको वर्षाले जेठको दोस्रो सातासम्म कारखाना चलाउन सकिने उनले बताए । कारखाना बन्द हुनुअघि हरेक कारखानामा दैनिक पा“च हजार किलोसम्म हरियो चियापत्ती प्रशोधनका लागि आउने गरेको थियो ।

पत्ती अभावको असर धेरै चिया कारखानालाई परेको छ । जिल्लाका दुई दर्जन ठूला चिया कारखानामध्ये अधिकांश बन्द हु“दा कृषक र कारखाना सञ्चालक दुवैलाई नोक्सानीमा छन् । विगतमा यो मौसममा दैनिक एक लाख किलोभन्दा धेरै हरियो चियापत्ती उत्पादन हुने गरेको थियो ।
उत्पादन बढ्ने बेलामा लामो समयसम्म मुना नपलाएकाले कृषकलाई थप मार परेको तीनजुरे चिया कारखानाका बम निरौलाले बताए ।
२ जेठ २०७३, ८।००

वि.सं.२०७३ जेठ २ आइतवार ११:४४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...