back
NMB ad

‘प्रदेश नम्बर चारलाई पर्यटकीय हब बनाउने’

Kumari bank ad

विद्रोही गिरी,
पोखरा । प्रदेश नम्बर चारलाई पर्यटकीय हब बनाउने अभियानमा लाग्न सरोकारवालाहरु जोड दिएका छन् । एमाले निकट नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनको प्रदेश नं ४ स्तरीय बृहत पर्यटन ब्यवसायीको पोखरामा भएको भेलामा बोल्ने सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
नेकपा एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वीसुब्बा गुरुङले भेलाको उद्घाटन गर्दै विकास निर्माणको अगुवाई र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि एमालेले खेलेको भूमिका प्रति सबैले गौरव गर्नु पर्ने बताए । एमालेको नेतृत्वमा रहेको सरकारले वैदेशिक हस्तक्षेपलाई परास्त गरेको र विकासको ढोका खोलेको उनले उल्लेख गरे । नेता गुरुङले राष्ट्रिय स्वाधिनताको लडाईलाई आत्म निर्भरतामा जोड्न पर्ने बताए । सरकारले पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले सेवा क्षेत्र विस्तार गर्नु पर्ने धारणा राखे । प्रदेश नं ४ को पर्यटनको सम्भावना र बिशेषताको उजागर गर्नु पर्ने चर्चा गर्दै नेता गुरुङले पोखरालाई सेमिनार पर्यटनको रुपमा विकास गर्नु पर्ने बताए । उनले वहुजातीय सग्रहालय निर्माणमा जोड दिए ।

NNETA pokhara 1

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा पर्यटन प्रर्बद्धन प्रमुख सुर्य थापाले पर्यटन व्यवसयीहरु एकता बद्ध भएर अगाडी बढे मात्र पर्यटन प्रवद्र्धनको काम अगाडी बढ्ने भएकाले राष्ट्रियताको सवालमा सौहाद्र पुर्ण ‘६३’ अंकको सम्बन्ध कायम गरेर अगाडी बढ्न अनुरोध गरे । पर्यटनको विकास गर्न सरकारले योजनाबद्ध काम गर्नु पर्ने बताउँदै प्रमुख थापाले सरकारले पुर्वाधार निर्माण गर्ने, व्यवसायीले प्रबद्र्धन गर्ने र जनताले लाभ उठाउन सक्ने खालको नीति निर्माण गर्नु पर्ने बताए । अरु प्रदेशलाई समेत चार नम्बर प्रदेशको कामको अनुशरण गर्ने गरी पर्यटन ब्यवसायीले काम गर्नुपर्ने बताउँदै थापाले पर्यटकीय गन्तव्यको हव प्रदेश नम्बर चारलाई नमुना बनाउन राष्ट्रिय पर्यन व्यवसायी संगठन सम्बद्ध ब्यवसायीलाई आग्रह गरे । असार भित्रमा सबै प्रदेशमा संगठनको संरचना निर्माण गर्ने  समेत उनलले जानकारी दिए ।
नेपाल आउने कुल पर्यटकहरु मध्ये ८० प्रतिशत पर्यटकले पोखरा देखि चार नम्बर प्रदेशका पर्यटकीय गन्तब्य पुग्ने भएकाले यो प्रदेशलाई पर्यटन हवको रुपमा विकास गर्नुपर्ने संसदीय विकास समितिका सभापति एवं एमाले नेता रविन्द्र अधिकारीले बताए । चार नम्बर प्रदेश भित्र पर्यटकीय क्षेत्रहरु प्रशस्त्र भएकाले पूर्वाधार विकासमा जोड दिदा यहाँको पर्यटन ब्यवसाय गुणस्तरीय हुने उनले बताए । पूर्वाधार विकासमा लुम्बिनी र पोखरा जोड्न अबको बजेटमा सडक स्तरीय बनाउने छौं उनले भने ‘एउटा पर्यटकलाई सुनौली पोखरा अब तीन घण्टामा पुग्ने बनाउछौं, निजी क्षेत्रले पनि आफूलाई त्यही अनुसार परिमार्जित गर्नुहोस्’ । प्रदेश नम्बरमा नौ प्रतिशत भूभाग कृषि क्षेत्रका लागि छ । त्यसले यहाँका बासिन्दालाई खान पुग्छ । देशभरका कुल हाइड्रो पावर मध्ये ५० प्रतिशतको हाराहारीमा यहि प्रदेशमा भएकाले समृद्धको दिशामा यो प्रदेश छ उनले भने ।
ब्यवस्थापिका संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले त्रिवेणी देखि कोरलासम्म राजमार्ग खुले पोखरामा १५ गुणा पर्यटक बढ्ने दावी गरे । उनले पोखराको पर्यटकीय संरचना ४ गुणा बढाउन पर्ने र जनशक्ति बढाउन पर्यटनको पठन पाठन विस्तार गर्न पर्ने धारणा राखे ।
एमालेका केन्द्रीय सदस्य एवं नवलपरासीका इञ्चार्ज सदस्य तिलक महतले अन्नपूर्ण पदमार्ग देखि जंगल सफारी समेतको प्रदेश भएकाले पर्यटकीय योजना बनाउदा नवलपुर क्षेत्र केन्द्र भागमा राखेर बनाउदा प्रदेशले समृद्धि हासिल गर्ने बताए । थारु ,मगर गुरुङ्ग संस्कृति हामी संग छ उनले भने ‘–पारिस्थिति प्रणाली जोगाएर सही सदुपयोग गर्दा समृद्ध अबश्य हुन्छ ’ । राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका केन्द्रीय अध्यक्ष तथा टानका अध्यक्ष चन्द्र रिजाल, उपाध्यक्ष सुर्य भुजेल, कोषाध्यक्ष तथा पर्यटन वोर्डका सदस्य पुर्ण कुँवर, कास्की एमालेका अध्यक्ष कृष्ण थापा भेला आयोजक समितिका सह संयोजक गोविन्दराज पहारी, केन्द्रीय सदस्य कृष्णहरि सुवेदी, प्रदेश नं ५ का अध्यक्ष सागर अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
प्रदेश नम्बर चार भित्रका ११ जिल्लाका पर्यटन ब्यवसायीको भेलाले गोविन्दराज पहारीको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्ष खिम थापा, सचिव नवराज पहारी, सह सचिव जिवन सापकोटा , कोषाध्यक्ष दुर्गा ढकाल रहेका छन ।
कार्य समितिको सदस्यहरुमा धनीराम गुरौ, बलराम पहारी, तिलकबहादुर अधिकारी, बलराम आचार्य, दिल गौतम, हरि भुजेल, लक्ष्मण गिरी, यमकला घर्तीमगर, वीरबहादुर बिक छन । त्यस्तै विशाल शेरचन, शेरबहादुर गुरुङ, ताराप्रसाद आचार्य,मधुकर सुवेदी, मानबहादुर खड्का, शुकबहादुर गुरुङ, चिरञ्जिवी पोखरेल, राजन सुवेदी, कर्णबहादुर गुरुङ, समबहादुर गुरुङ, हेमबहादुर गुरुङ, लक्ष्मी गुरुङ, मोहन खनाल, खड्क सिं गुरुङ, ऋषिराम सुवेदी, सुशिलचन्द्र भण्डारी, इन्द्र भाट आसवीर गुरुङ, सुशिलराज पौडेल र दिनेश लामिछाने रहेका छन् । भने केन्द्रीय समितिका सदस्यहरु समेत पदेन सदस्य रहेका छन् ।

२ जेठ २०७३

वि.सं.२०७३ जेठ २ आइतवार २०:४७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...