back
NMB ad

४५ करोड बराबरको सेयर आयो, असार १५ सम्म किन्न पाइने

Kumari bank ad

काठमाण्डौं । अरुण काबेली हाइड्रो पावरले स्थानीय वासिन्दाका लागि सोमबार देखि सेयर निष्कासन गरेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ कित्ता सेयर निष्कासन गरिएको हो । असार ५ गतेसमम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

यो १५ लाख कित्ता मध्ये पाँचथरका तीन गाविस र ताप्लेजुङ चार गाविसका बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी नौ लाख कित्ता सेयर दुबै जिल्लाका स्थानीय वासिन्दाले भर्न पाउँने छन् । पाँच वर्ष स्थायी बसोबास गरेका बासिन्दाले मात्रै सेयर भर्न पाउने प्रावधान राखिएको छ ।

पाँचथरका आयोजना प्रभावित क्षेत्र नागी, थर्पु र अमरपुर गाविसका बासिन्दाले र ताप्लेजुङका साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका बान्सिदाले ६ लाख कित्ता सेयर पाउँछन् ।

प्रतिकित्ता एक सय रुपैयाँको दरले न्युनतम ५० कित्ता र अधिकमत १० हजार कित्तासम्म आवेदन दिन पाइने छ । सिद्धार्थ क्यापिटल यो सेयरको विक्री प्रबन्धक हो ।

लगानीकर्ताले अरुण काबेली पावर लिमिटेडको कार्यालय थापाथली, सप्तकोशी डभेलपमेन्ट बैंक फिदिम, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रविराँके पाँचथर, फिदिम र ताप्लेजुङमा आवेदन फारम बुझाउन पाइने छ ।

कुल एक अर्ब ५० करोडको अरुण काबेली पावर लिमिटेडको यो आयोजनमा सस्थापक समूहको एक अर्ब पाँच करोड रुपैयाँ लगानी छ । १५ करोड स्थानीय वासिन्दा र बाकी ३० करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

३ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ ३ सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...