१७ महिनामै बन्ने भो नौगढ गाढ साना जलविद्युत आयोजना !

काठमाण्डौं । ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको बिद्युत खरिद बिक्री सम्झौताको मस्यौदामा अपि पावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।

कम्पनीले आयोजनाको विद्युत खरिद बिक्री सम्झौता यसै महिना सम्पन्न हुने जनाएको छ । कम्पनीले १७ महिनाको छोटो अवधिमा त्यही नदिमा ८.५ मेगावाटको नौगड गाढ आयोजना निर्माण गरी विगत नौं महिनादेखि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिसकेको छ ।

कम्पनीले ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजना पनि १७ महिनामा नै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

जेठ ४, २०७३, १२.००

२०७३ जेष्ठ ४ गते १२:०८ मा प्रकाशित

You can share this post!

एप्पलमा वारेन बफेटको १ अर्ब लगानी

को आउला लगानी बोर्डको सिईओ बनेर ?

Related posts