back
NMB ad

तयार हुनुहोस्, १४ वाणिज्य बैंकले ल्याउँदैछन् २० अर्ब ३७ करोड रुपैयाँको सेयर

Kumari bank ad

काठमाण्डौं । १४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । औपचारिक निर्णय गरी नियमनकारी निकायबाट स्वीकृति पाउन बाँकी र स्वीकृति पाए पनि लगानीकर्ताले आबेदन दिन बाँकीको हिसाव गर्दा यो रकम बराबरको हकप्रद आउने निश्चित भएको हो ।

हाल कायम २९ बाणिज्य बैंकहरु मध्ये १४ वटाले हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने निर्णय गरिसकेका छन् । सबैभन्दा धेरै अनुपातमा लक्ष्मी बैंकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको अनुपात छ ।

नेपाल एसबीआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ ।

सानिमा, सिटीजन्स, कृषि बिकास र माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको आधा हकप्रद जारी गर्ने निर्णय गर्दा अरु बैंकको ३० प्रतिशत भन्दा कम अनुपात छ तर सनराईज बैंकले नारायणी नेशनललाई खरिद गर्ने प्रक्रिया सकिएपछि हकप्रदको अनुुपात बढाउँनसक्ने संभावना छ ।

पूँजी बृद्धिको मामिलामा लगानीकर्तालाई स्पष्ट पार्न नसकेका एभरेष्ट र स्टान्डर्ड चार्टर्डले पनि प्रिमियममा हकप्रद ल्याउने निर्णय गरे भने हकप्रदको आकार ह्वात्तै बढेर जानेछ ।

चुक्ता पूँजी तीन अर्ब पनि कटाउन नसकेका यी बैंकहरुले कम्तिमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेमा बाणिज्य बैंकहरुको हकप्रदको आकार २४ अर्ब भन्दा बढी हुने निश्चित छ ।

हालै २० प्रतिशत हकप्रद जारी गरेको प्रभु बैंकले कम्तिमा दुई अर्बको हकप्रद फेरि ल्याउनु पर्ला ।

नेपाल बंगलादेश बैंकले पनि अब हकप्रदको बाटोमा जान लागेको जनाऊ दिएका छन् ।

अहिले मर्जमा गएका बैंक अफ काठमाडौ र लुम्बिनीलाई पनि मर्ज पछि हकप्रद जारी गर्नु अपरिहार्य देखिएको छ ।

हालै पश्चिमान्चल बिकास बैंकसँग मर्ज सकेको मेगा बैंकको पनि हकप्रद पर्याप्त नहुनसक्छ भने माछापुच्छ्रेसँगको मर्ज टुटेको जनता बैंकले पनि पुँजी बृद्धि गर्न रोज्ने बाटो हकप्रद नै हो । सैन्चुरी बैंकले पनि अहिले प्रस्ताव गरिएको हकप्रद, केही बिकास बैंकहरुलाई मर्ज, यस बर्ष र आगामी बर्षको कमाईबाट दिने बोनसबाट सकेन भने फेरि पनि दिनुपर्ने हकप्रद नै हो ।

बिजिनेश युनिभर्सल बैंकलाई मर्ज गरेको र आफ्नो खुद नाफा पनि उल्लेखनीय रुपमा बढाउँदै लगेको सिद्धार्थ बैंकले २५ प्रतिशत हकप्रद जारी गरेर मात्र पर्याप्त नहुन सक्छ । थप डेढ अर्ब बराबरको संस्था किन्ने वा हकप्रद जारी गर्नु नै उसका लागि बाध्यात्मक कदम हुनसक्छ ।

एनआईसी एशिया बैंकको सवालमा पनि मर्ज वा एक्विजिशनको विकल्प पुरा नहुन नसकेमा थप हकप्रद बाध्यकारी हुनसक्छ ।
५ जेठ २०७३, १२।००

वि.सं.२०७३ जेठ ५ बुधवार १२:४२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...