नेपाल बैंकको सबै सेयर बिक्री, बिक्रीबाट ५० करोड आम्दानी !

काठमाण्डौं । नेपाल बैंकले लिलामीमा राखेको नेपाल ईन्स्योरेन्सको सबै शेयर बिक्री भएको छ । नेपाल बैंकको स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको शेयर बिक्रीको जिम्मा लिएको सिद्धार्थ क्यापिटलका अनुसार लिलामीमा राखेको सबै शेयर बिक्री भएको हो ।

बिक्री भएको शेयरको बाँडफाँड भने केहि दिनमा गरिने क्यापिटलले जनाएको छ । शेयर बिक्रीबाट नेपाल बैंकले झण्डै ५० करोड रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल ईन्स्योरेन्सको १० लाख ३१ हजार ६७४ कित्ता संस्थापक शेयर लिलामीमा राखेको थियो । जसमा ५७ बोलपत्र मार्फत ६३ आवेदन परेको थियो ।

न्युनतम् मूल्य ४०० रुपैयाँमा तोकिएको शेयरमा न्युनतम् ४५७ रुपैयाँ देखि अधिक्तम ६३३ रुपैयाँसम्म बोलकबोल गर्नेले आवेदकले नेपाल इन्स्योरेन्सको शेयर पाएका छन् । बिक्री भएको शेयरको बाँडफाँड भने केहि दिनभित्रै गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

६ जेठ २०७३, १०।००

२०७३ जेष्ठ ६ गते १२:४१ मा प्रकाशित

You can share this post!

आन्तरिक राजस्व र सम्पत्ति शुद्धिकरण विभागबीच सम्झौता

पाठ्य पुस्तक नआइपुग्दा पठनपाठन ठप्प !

Related posts