back
NMB ad

बिमाको सेयर क्षेत्रका लगानीकर्ताहरु उत्साहजनक

Kumari bank ad

काठमाण्डौं ।  बिमाको सेयरमा लगानी गर्नेहरू यतिखेर राम्रो आम्दानी गरिरहेका छन् । यो साता त उनीहरूका लागि थप उत्साहजनक रह्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नौ समूहमध्ये बिमा समूहको उपपरिसूचक १ सय ५४ दशमलव २३ अंकले बढेर ७ हजार १ सय ७० दशमलव ३१ मा पुगेको छ । यो अन्य सबै समूहको परिसूचकभन्दा धेरै हो ।

बिमा पछि धेरै कमाउनेमा बैंकका लगानीकर्ता छन् । साताभर यो समूहको परिसूचक २६ दशमलव ४५ अंकले बढ्यो । विकास बैंक र जलविद्युत् समूहका लगानीकर्ताका लागि पनि यो साता सुखद रह्यो । यी समूहको परिसूचक क्रमशस् २४ दशमलव ३१ र २२ दशमलव ९ अंकले बढे । यस्तै होटल र वित्त कम्पनी समूहका लगानीकर्ताको सम्पत्ति साढे १४ र साढे ७ अंकका दरले बढे ।

तर, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहका लगानीकर्ताका लागि यो साता दुस्खद रह्यो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६५ दशमलव ७९ अंकले र ‘अन्य’ समूहको परिसूचक ११ दशमलव ७५ अंकले घटे ।

यो साता पाँचै दिन सेयर कारोबार भयो । करिब २० हजार ६ सय वटा कारोबारबाट १ सय ५३ कम्पनीका ६ लाख ९८ हजार ८ सय १३ कित्ता सेयर खरिदबिक्री भए । उक्त व्यापारबाट ४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार ११:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...