back
NMB ad

कमोडिटी मार्केट : धितोपत्र बोर्डको मातहतमा, आकर्षित होलान् त सेयर लगानीकर्ता ?

Kumari bank ad

काठमाण्डौं । सरकारले कमोडिटी र फ्युचर मार्केटलाई व्यवस्थित र नियमनका लागि तयार भएको ऐनको मस्यौंदालाई अन्तिम रुप दिएको छ । अर्थमन्त्रालयले केही दिनभित्रै मस्यौैंदालाई अन्तिम रुप दिएर मन्त्रीपरिषद्मा पठाउन लागेको हो ।

अहिले कमोडिटी र फ्युचर मार्केटको कारोबार भएपनि नियमन नहुँदा लगानीकर्ता ठगिरहेका छन् । ऐनको मस्यौंदाभित्र बस्तु विनिमय बजार, बस्तुको कारोबार व्यवसाय,राफसाफ र फर्छयौट व्यवसाय र वेयरहाउस व्यवसाय गरेर चारवटा विषयलाई संबोधन भएको आचार्यले जानकारी दिए ।

यो बजारको नियमनको काम तत्काल धितोपत्र बोर्डले गर्नेछ भने दीर्घकालिन रुपमा छुट्टै संयन्त्रनै गठन गर्नुपर्ने ऐनको मस्यौंदामा उल्लेख छ । धितोपत्र बोर्डले झन्डै चार वर्षअघि कमोडिटी बजारको अवस्था अध्ययन गर्न गठन गरेको कार्यदलले नियमनको अभावमा कमोडिटीको कारोबार जोखिमपूर्ण रहेको प्रतिवेदन दिएको थियो ।

यही प्रतिवेदनका आधारमा लामो समयदेखि नियमन हुन सकेको छैन । सन् २००६ देखि कमोडिटी बजार खुलेर कारोबार सुरु भएको थियो । कारोबार सुरु भएपछि कमोडिटी एक्सचेन्ज खुल्ने क्रम तीब्र भएको थियो ।

सरकारले नियमनको अभाव भएको भन्दै तीन वर्षअघि नयाँ कमोडिटी एक्सचेन्ज खोल्न प्रतिवन्ध लगाएको थियो । कमोडिटीको कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पचास भन्दा बढी एक्सचेन्ज दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएकै आधारमा संचालन भइरहेका छन् । सुरुवातमा कमोडिटी एक्सचेन्जमा कारोबार गर्नेको संख्या उल्लेख्य थिए ।

शेयर बजार ओरालो लाग्दा लगानीकर्ता बस्तु खरीदबिक्रीका लागि कमोडिटी एक्सचेन्जमा आउने गरेका थिए । तर नियमनको अभावमा केही लगानीकर्ता समस्यामा पर्न थालेपछि यो कारोबार घटेको हो । कमोडिटी बजारमा कुनैपनि बस्तुको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । अहिले कमोडिटी एक्सचेन्जमा सुनचाँदीको कारोबार हुन्छ ।

१० जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ १० सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...