back
NMB ad

मृत्युलाई जित्दै जित्दै मुस्ताङका गुरुङले सगरमाथाको टुप्पो छोए …

Kumari bank ad

मे १३ तारिखका बिहानको ९ बजेर ४५ मिनेट जाँदा संसारकै सबैभन्दा अग्लो सगरमाथाको शिखरमा ९ जनाको एउटा समूह पुग्यो । बेलायतबाट आएका ४ जना विदेशी पर्यटक सहित ५ जना शेर्पाहरुको टोली थियो त्यो । विदेशी पर्यटक एवं नेपाली आरोहीसँग सयौं शेर्पाहरुले कैयौं पटक सगरमाथा चढिसकेका छन् । यो कुनै नौलो कुरा हैन । त्यही शेर्पाहरुको भीडमा सगरमाथा चुम्ने एक थिए, छिमी ल्हेण्डुक गुरुङ । छिमीले त्यहाँ पाइला राखेसँगै एउटा इतिहास कोरियो, मुस्ताङ जिल्लाबाट पहिलो पटक सगरमाथा चढ्ने व्यक्ति बने उनी ।

Chhimi Lahenduk Gurung

मुस्ताङ जिल्ला छोसेर गाविस वडा नं. ८ मा स्वर्गीय बुवा धा धुरु गुरुङ र स्वर्गीय आमा याङ्गी गुरुङको कोखबाट बि.सं. २०४३ सालमा उनी जन्मिएका थिए । उनी सानै छँदा आमाबुवा बिते । उनी दाजुभाउजुका माझमा हुर्किए । ९ कक्षासम्म पढे र त्यसपछि पढाईलाई निरन्तरता दिन सकेनन् । ‘मेरो दिमागले भेटेन’ पढाई सम्बन्धी जिज्ञासामा उनले हाँस्दै भने । घरको दुःख र काठमाण्डौं आएर केहीगर्ने इच्छाले उनी राजधानी हानिए । यता उता काम गरे । त्यही क्रममा दोलखाकी पेम्बा छुकी शेर्पासँग उनको भेट भयो । माया प्रेम बस्यो र उनीहरुले विवाह गरे । अहिले ४ वर्षकी एउटी छोरी छ । शेर्पाकी छोरीसँगको विवाहले उनलाई पर्यटन क्षेत्रतर्फ डो¥यायो ।

पेम्बाका दाजुभाइ पनि शेर्पा काम गर्छन् । उनीहरु पर्यटकलाई बेसक्याम्पसम्म लैजाने र त्यहाँबाट सगरमाथको टुप्पामा पु¥याएर सकुशल फिर्ता ल्याउने काममा पोख्त बनिसकेका थिए जतिबेला छिमीको उनीहरुसँग भेट भयो । उनीहरुकै सरसल्लाह अनुसार छिमी पनि जीवन धान्नका लागि ट्रेकिङ पेशामा आबद्ध भएका रहेछन् ।

उनले सन् २०१३ देखि सगरमाथाको शिखर चुम्ने सपना देखका थिए । तर यो सपना सजिलो थिएन र सस्तो पनि थिएन । यो सपना पूरा गर्नका लागि उनलाई २०–२५ लाख रुपैयाँ चाहिन्थ्यो । तर दैबले उनलाई तँ आँट म पु¥याउँछु भनेका थिए, त्यसैले म सोच्दै नसोचेको क्षेत्रतिर आएँ जस्तो लाग्छ उनी भन्छन् । त्यसैले त उनी ‘शेर्पा’ बने ।

सगरमाथा चढ्ने चाहनाले सन् २०१३ मा उनले पहिलो पटक प्रयास गरे । उनकै भनाईमा केही ‘खैरे’हरुको ‘शेर्पा’ बनेर उनी बेसक्याम्पबाट उकालो लागे । तर क्याम्प ४ मा पुगेपछि प्रकृतिले उनीहरुको साथ दिएन । कुहिरो, हावा एवं पानीले उनीहरुलाई निरन्तर अवरोध गरिरह्यो । उनीहरु त्यहीबाट निराश हुँदै फर्किए ।

त्यति भए पनि उनले हिम्मत हारेनन् । फेरि सन् २०१४ मा उनले सगरमाथा चढ्ने प्रयत्न गरे । यसपटक उनी क्याम्प २ सम्म पुगे । क्याम्प २ पुगेपछि फेरि उनलाई भाग्य, प्रकृतिले साथ दिएन । उनी दुर्घटनामा परे र टाउकोमा चोट लिएर फर्किए । त्यही समयमा हो ७/८ जना नेपाली पोर्टरहरु मरेको उनी सम्झन्छन् ।

२०१५ त नेपाल र नेपालीका लागि दुःखद वर्ष नै रह्यो । त्यो वर्ष उनले सगरमाथा चढ्ने बारे कल्पना पनि गर्न सकेनन् । तर त्यही वर्ष उनले शेर्पा बनेरै मुस्ताङ र मनाङ जिल्लाको बीचमा रहेको  उचाईको सारिपोङ हिमाल चढे । यसले उनलाई आँट दियो । उनले त्यति नै बेला अठोट लिए म सगथरमाथा चढेरै छाड्छु । तर, उनको घर परिवारले उनलाई यो अनुमति दिएन, दुई पटकको असफल प्रयास र तेस्रो पटक पनि नराम्रो हुनसक्छ भन्ने शंकाले उनकी श्रीमती र दाजुभाउजुले उनलाई रोक्न खाजे । जसले जे भनेपनि यसपटक छिमी सगरमाथामा पाइला राख्ने सोचमा थिए ।

बेलायतबाट आएका ४ जना विदेशी पर्यटकको शेर्पा बनेर उनी अन्य ४ साथीहरुसँगै सगरमाथा बेसक्याम्प पुगे । १२ केजी सामान बोकेर उनी अन्य ८ जना सहित त्यहाँबाट क्याम्प ४ हुँदै शिखरको बाटो समाउन हिंडे । यता काठमाण्डौंमा रहेकी उनकी श्रीमतीले गुम्बामा गएर बत्ती बालिन्, छिमीका लागि पूजा गरिन् । क्याम्प २ मा पुगेपछि उनले ८ केजी भारी बोके र शिखरतिर लम्किए । क्याम्प १ बाट रातीको ९ बजे उनीहरु सगरमाथाको शिखरका लागि हिंडे । १२ घण्टा ४५ मिनेट पछि उनी सगरमाथाको शिखरमा पुगे ।

chimmi Lahenduk

चार वर्षको सपना र तीन पटकको अथक प्रयासमा शिखर चुमेका उनले त्यहाँ मात्र १५ मिनेट बिताए । ‘हावा चलिरहेको थियो, हावासँगै हिउँ पनि आइरहेको थियो त्यसैले धेरै बेर बस्न सकिएन’ उनले आफ्नो अनुभव बताए । शिखरमा पुगेपछि उनले चारैतिर हिमालहरु देखे, बादलका थुप्राहरुको टुप्पा टुप्पामा हिमाल देखे । उनलाई स्वर्ग जिते जस्तो भयो ।

टे«किङ गर्दै विदेशी पर्यटकलाई डो¥याउँदै घरवरिवारसँग सम्पर्क विहिन बनेको २५ दिनपछि उनी फर्किए । ‘बेसक्याम्प आएपछि मैले सगथरमाथा चढें भनेर पहिले श्रीमतीलाई फोन गरे अनि दाजुभाउजुलाई फोन गरे, उनीहरु पनि खुशी भए, म झन् खुशी थिएँ’ छिमीले आफ्नो अनुभव बाँडे ।

नम कमाउने रहरले उनले सगरमाथा चढे । ‘मुस्ताङ जिल्लाबाट सगरमाथा चढ्ने म पहिलो हुँ’ उनी भन्छन् । यसबारेमा उनले मुस्ताङ समाजलाई खबर गरिसकेका छन्, अब  सगरमाथा चढेको प्रमाणपत्रसँगै उनी आफ्नो नाम स्थापित गर्न लागि पर्नेछन् ।

– इरादा पहाडी, १३ जेठ २०७३, ४.३०

 

 

 

 

वि.सं.२०७३ जेठ १४ शुक्रवार १५:२४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...