back
NMB ad

मासिक पाँच सय रुपियाँमा काम गर्दै सरकारी कर्मचारी

Kumari bank ad

कञ्चनपुर। सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गर्नुभएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रु आठ हजार नबढ्ने गरी घटाघटीमा आवेदन मागेको थियो । केसीले सबैभन्दा कम तलबमा काम गर्ने गरी निवेदन दिएपछि उहाँलाई रु पाँच सयमा काम गर्ने गरी कार्यालय सहयोगीमा नियुक्त गरिएको हो ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख जनस्वास्थ्य अधिकृत हजारी चन्दले कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सबैभन्दा कम तलब कबोल गर्ने केसीलाई कार्यालय सहयोगीमा नियुक्त गरिएको बताउनुभयो । कार्यालय सहयोगीका लागि केन्द्रमा आठ जनाको आवेदन परेको थियो । उनीहरुमध्ये एक जनाले निःशुल्क काम गर्ने प्रस्ताव पेस गरेका थिए । जनस्वास्थ्य कार्यालयले त्यसलाई अस्वीकृत गरेको छ ।

न्यूनतम तलबमा काम गर्न कबोल गर्ने केसीले भविश्यमा तलब बढ्ने र स्थायित्व हुने आशामा कम तलबमा काम गर्ने इच्छा देखाएको बताउनु भयो ।

प्रकाशितः २०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १३:३६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...