आईतबारदेखि ‘ई’ रिक्सा दर्ता खुला

मोरङ । तेह्र महिनादेखि रोकिएको ‘ई’ रिक्सा दर्ता प्रक्रिया आइतबारदेखि खुला गरिने भएको छ ।

आन्दोलनमा रहेका ई रिक्सा चालक र उपमहानगरपालिकाबीच आज सहमति भएपछि दर्ता सुरु हुने भएको हो । विराटनगर उपमहानगरपालिकामा आज भएको छलफलमा जेठ १३ गतेसम्म खरिद गरेको ई रिक्सालाई विराटनगर स्थायी बसोवास भएका व्यक्तिले आफ्नो कागजपत्रसहित आएमा दर्ता पाउनेछन् ।

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले ‘ई’ रिक्सालाई व्यवस्थित गर्न रुटसहित दर्ताका लागि सिफारिस गर्ने सहमति भएको बताउनुभयो । उपमहानगरपालिकामा हालसम्म ३०० ई रिक्सा सञ्चालनमा रहेका छन् । हालसम्म १५० ई रिक्साले आफ्नो कागजपत्र दर्ता गराएको नगरपालिकाले जनाएको छ ।

प्रकाशितः २०७३ जेठ १५

२०७३ जेष्ठ १५ गते १५:२७ मा प्रकाशित

You can share this post!

पानीको अभावले मुस्ताङका गाउँ नै विस्थापित

१० खर्ब ४८ अर्ब ९२ करोडको बजेट संसदमा प्रस्तुत ...

Related posts