ऊर्जा लगानी सम्मेलन सुरु, प्रधानमन्त्रीले भने ढुक्क भएर लगानी गर्नुस्

काठमाण्डौं । राजधानीमा आजबाट सुरु भएको दुई दिने उर्जा लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणपछि उर्जा क्षेत्रमा वैदेशिक लगानीको लागि उपयुक्त र अनुकुल समय भएको र लगानीको सुरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

उर्जा लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन उर्जा विकास र लगानीको क्षेत्रमा कोशेढुङा सावित हुने उनले बताए । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर युवराज खतिवडाले नेपालको उर्जा विकासका लागि वैदेशिक लगानी संगै प्रविधि र जनशक्तिको खाँचो औल्याए । लगानी बोर्डका प्रमुख कार्यकारी राधेश पन्तले मुलुकको सम्मुन्नत विकासको लागि उर्जामा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गरे ।

दुई दिने अन्तराष्ट्रिय सम्मेलनमा नेपाल सहित २० राष्ट्रका २ सय ५० जना उर्जा लगानी कर्ता तथा विज्ञहरुको सहभागीता छ ।

१८ चैत २०७३, १.३०

२०७३ जेष्ठ १८ गते १३:१६ मा प्रकाशित

You can share this post!

बजेट लिक : छानविन गर्न सरकार तयार !

पुरुषसरह समान ज्याला पाउनुपर्ने महिला श्रमिकको माग

Related posts