काठमाण्डौ । खानेपानी तथा सरसरफाइ मन्त्रालयले मेलम्चीबाट खानेपानी काठमाण्डौंमा ल्याउनका लागि विभिन्न ६ स्थानबाट सुरुङ विस्तार गर्ने कार्य भइरहेको बताएकोछ । साथै, आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौँ भित्रिनेछ ।
अहिले काठमाण्डौँ उपत्यका खानेपानी लिमिटेडले राजधानीमा विभिन्न स्रोतबाट दैनिक ८ करोड लिटर पानी उत्पादन गर्ने गरेको छ । गर्मीयाममा काठमाडौँमा करिब २६ करोड लिटर पानीको माग हुने गरेको छ । नपुग हुने पानीको परिमाण विभिन्न नदीनालाबाट ट्याङ्कर मार्फत आयात गरिँदै आएको छ ।
२० जेठ २०७३, ९.००
वि.सं.२०७३ जेठ २० बिहीवार ११:२१ मा प्रकाशित