back
NMB ad

पाँच अर्बपति जसले शिक्षालाई आफ्नो प्राथमिकतामा राखेनन्

Kumari bank ad

के तपाईले आफूसँग कलेजको डिग्री नभएका कारण आफूलाई पछाडि परेको अनुभव गर्नु भएकोछ ? के तपाईले आफ्नो सीमित कलेजको अध्ययनलाई आफ्नो प्रगतिको बाधक देख्नु भएकोछ ? या त तपाई त्यस्तो समूहमा पर्नुहुन्छ जसले कलेजको पढाई बिना भविष्यमा सफल हुन सकिन्न भन्ने सोच्ने गर्छ ? तर के तपाईलाई थाहा छ आज संसारमा जति पनि अर्बपति छन् र जति नाम कमाएका छन् ती मध्ये धेरैले आफ्नो स्कुलको शिक्षा एवं कलेजको केही वर्षको अध्ययन पनि गरेका छैनन् । आज हामी तपाईहरुलाई त्यस्तै केही अर्बपति एवं व्यवसायमा अग्रणी व्यक्तिहरुको बारेमा जानकारी दिँदैछौं ।

१. बिल गेट्स : उनी अर्बपति हुन्, साथै माइक्रोसप्ट कम्पनीका संस्थापक पनि हुन् । फोब्र्सका अनुसार उनी विगत १३/१४ वर्षदेखि संसारकै एक नम्बर धनीमा रहन सफल छन् । र, यो लिष्टबाट तत्काल उनी हट्ने सम्भावना पनि कम नै छ । उनको भनाई नै छ, केही ठूलो गर्नका लागि कहिलेकाँही तिमीेले ठूलो रिस्क लिनु पर्दछ ।

bill gates

२. अर्जी उजर कालु : उनी अफ्रिकाको धर्तीका सबैभन्दा धनी व्यक्ति हुन् । उनलाई कलेजको एक बिरोधसभामा भाग लिएको आधारमा कलेजबाट निस्कासित गरिएको थियो । त्यसो भएपछि पछुताएर बस्नुभन्दा उनले व्यापार रोजे । पाम ओयलबाट सुरु गरिएको उनको सानो व्यापार अहिले अत्यन्त ठूलो व्यवसायमा परिणत भइसकेको छ । उनी भन्ने गर्छन् जसरी पत्रकारसँग समाचार सुघ्ने नाक हुनुपर्छ त्यस्तै  व्यवसायीसँग पनि व्यवसाय गर्नका लागि त्यस्तै प्रकारको नाक हुनुुपर्छ जसले अवसरहरुलाई सजिलै सुँघेर पत्ता लगाउन सकोस् ।

orji kalu

३.ली का सिङ्ग : एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् उनी, जसको मातहतमा २ लाख २० हजारभन्दा बढी कर्मचारीहरुले काम गर्ने गर्दछन् । हङ्गकङ्ग रहेका चाइनिज मूलका यी व्यापारीले सानै उमेरमा आफ्ना पिताको निधन भएपछि विद्यालय शिक्षाबाट वञ्चित हुनु परेको थियो । उनी भन्ने गर्छन्, व्यापार सुरु गर्दाको अवस्थामा मसँग पैसा थिएन, त्यसैले मैले जे काम पनि गरें, मैले धुलोबाट व्यापार गर्न सुरु गरेको हुँ ।

Li ka sing billioner

४. रिचार्ड ब्रान्सन : उनले मात्र १६ वर्षको हुँदा आफ्नो पढाईलाई छाडे किनभने उनी आफ्नो पहिलो व्यवसाय विद्यार्थी म्यागजिन राम्रोसँग चलाउन चाहन्थे । मात्र २४ वर्षको उमेरमा नै उनले ७५ एकडको जमिन किनेर आफ्नो व्यपार व्यवसायलाई फैलाए । उनी भन्छन् म व्यापारी बन्न चाहन्नथे म पत्रिकाको सम्पादक बन्न चाहन्थे तर पछि मात्र मलाई अनुभव भयो कि मैले आफ्नो पत्रिका चलाइ राख्नको लागि व्यापार गर्नुपर्छ ।

richard branson

५. हेनरी फोर्ड:  यी अटोमोबाइलका अर्बपतिको बाल्यकाल अत्यन्त गरिबीमा बित्यो । उनले कहिले पनि स्कुलको चार पर्खाल भित्र पस्न पाएनन्, यस्तो भनौं कि उनले स्कुल नै देखेनन् । तर उनले फोर्ड मोटर कम्पनी बनाए जसले गर्दा आज उनी अर्बपति भएका छन् । हेनरी फोर्डको एउटा भनाई अत्यन्त चर्चित छ, उनले भनेका थिए, सोच्नु भनेको एकदमै गाह्रो कुरा हो त्यसैले धेरै कम व्यक्तिले मात्र यो काम गर्ने गर्छन् ।

Henry ford

– इरादा पहाडी, एजेन्सीको सहयोगमा । 

२१ जेठ २०७३, ३.३०

वि.सं.२०७३ जेठ २१ शुक्रवार १५:१४ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...