back
NMB ad

तीन करोड ५८ लाख राजस्व रकम बाँडफाँड भएन

Kumari bank ad

गोरखा । जिल्ला विकास समितिले विगत छ वर्षदेखि पर्यटन राजस्व रकम बाँडफाँड गर्न सकेको छैन ।

मनास्लु आरोहण र मनास्लु सर्किट पदयात्रामा आएका पर्यटकबाट सङ्कलित रु तीन करोड ५८ लाख राजस्व बाँडफँडमा ढिलाइ भएको हो । विसं २०६७ देखि पर्यटन राजस्व बाँडफाँड हुन नसकेको स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिनुभयो । सो रकमको ७० प्रतिशत पर्यटन क्षेत्रमा र बाँकी अन्य पूर्वाधार निर्माणमा खर्च गर्न पाइने नियम छ ।

भूकम्पले तहसनहस बनाएको उत्तरी गोरखाको मनास्लु पदमार्ग बजेट अभावका कारण सञ्चालन गर्न सकिएको छैन । लापुभिर–माछाखोला, यारुबगर, सर्दिखोलालगायत ठाउँको पहिरो पन्छाउन नसक्दा १३ महिनादेखि मनास्लु पदमार्ग अवरुद्ध हुँदा उत्तरी भेगमा खाद्यान्न र निर्माणका सामग्री समेत ढुवानी गर्न सकिएको छैन ।

मनास्लु संरक्षण क्षेत्र आयोजनाले उत्तरी भेगका स्थानीय र खच्चड व्यवसायीले पदमार्गको केही खण्ड मर्मत गरेका छन् । पदमार्ग सञ्चालन नहुँदा सिर्दिवास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत, छेकम्पार, काशीगाउँ, केरौँजा, गुम्दा, उहिया गाविसका बासिन्दालाई सदरमुकाम आवतजावत गर्न समस्या हुँदै आएको छ ।

ती गाविसमा खाद्यान्न ढुवानी हुन सकिरहेको छैन । यहाँ खच्चडमार्फत सामान ढुवानी गरिँदै आएको छ । जिल्लाको उत्तरी भेगमा ७०० भन्दा बढी खच्चड पदमार्ग अवरुद्ध भएपछि कामविहीन भएका छन् । आवश्यक बजेट विनियोजन गरे%

वि.सं.२०७३ जेठ २१ शुक्रवार १४:४९ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...