back
NMB ad

विदेश घुम्ने पर्यटकको संख्या ४.४ प्रतिशले बढ्यो

Kumari bank ad

काठमाडौं । अन्तराष्ट्रिय पर्यटक आवागमन सन् २०१४ मा भन्दा सन् २०१५ मा ४.४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तराष्ट्रिय पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१५ मा १ अर्ब १८ करोड ४० लाख मानिस अर्को देशमा घुम्न निस्किएका थिए ।

जुन गत वर्षभन्दा ४.४ प्रतिशतले बढी हो । सन् २०१५ मा सन् २०१४ को भन्दा ५ करोड बढी पर्यटकले घुमेका छन् । “विश्वभर पर्यटक आगमनदर वृद्धि हुँदै जाँदा विश्वको अर्थतन्त्रलाई चलायमान बनाउनुको साथै रोजगारी वृद्धिमा ठूलो सहयोग गरेको छ,” यूएनडब्लूटीओका महासचिव तालेब रेफाइले भने ।

पछिल्लो समय पर्यटनसम्बन्धी नीतिगत सुधार हुँदै जानु तथा सेवामुखी उद्योगको विकास हुनुले पर्यटक संख्या वृद्धि भएको रेफाइले बताएका छन् । युरोप, अमेरिकमा, एसिया तथा प्रसान्त क्षेत्रमा पर्यटक आगमन ५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तैगरी मध्यपूर्वी देशमा ३ प्रतिशितले वृद्धि भएको छ भने अफ्रिका लगायत अन्यमुलुकको वृद्धिसमेत ३ प्रतिशत छ । त्यस्तै घुम्न जाने देशहरूमा एसिया तथा प्यासिफक र अमेरिकाका ४ देखि ५ प्रतिशले वृद्धि भएको जनाइएको छ ।

त्यस्तैगरी युरोपबाट घुम्न निस्कनेमा ३.५ प्रतिशतदेखि ४.५ प्रतिशत वृद्धि भएको छ भने अफ्रिकन मुलुकका २ देखि ५ प्रतिशत र मध्यपूर्वमा पनि २ देखि ५ प्रतिशतले वृद्धि देखिएको थियो ।आजको कारोबार दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ जेठ २२

वि.सं.२०७३ जेठ २२ शनिवार ११:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...