back
NMB ad

सोल्टी होटलको सेयर किन्दा फसे लगानीकर्ता !

Kumari bank ad

काठमाण्डौं । बजारमा सोल्टी होटलले बोनस वितरण गरेर नै पूँजी बढाउने हल्ला चलेको भए पनि होटलले त्यस्तो नभएको भन्दै बजारमा चलाइएको हल्ला निराधार भएको जनाएको छ । यो जानकारीसँगै हिजो आइतबार सेयर बजारमा सोल्टी होटलको सेयर किन्ने लगानीकर्ताहरु नराम्ररी झुक्किन पुगेका छन् ।

नेप्सेमा अत्यन्त भारी अन्तरको गिरावट आइरहेका बेला हिजो आइतबार लगानीकर्ताहरु पूर्ण रुपमा सोल्टी होटलको सेयर प्रति आकर्षित हुँदा प्रतिकित्ता शेयर मुल्य झण्डै १० प्रतिशतले बढ्न पुगेको थियो । प्रतिकित्ता १० रुपैंया अंकित मुल्य रहेको होटलको शेयर मुल्य बोनस बितरणको समाचार केही सञ्चार माध्यममा आए पछि एकाएक बढ्दा ३५ रुपैंयाले माथि चढेर ३ सय ९२ रुपैंया पुगेको थियो ।

विदेशी लगानी समेत रहेको होटलले त्यसरी प्रकाशित समाचार होटलको योजना अनुरुप नभएको भन्दै आज नेप्सेलाई एक पत्र मार्फत् जानकारी गराएकोछ । आर्थिक वर्ष २०७१/७२ को अन्तिममा होटलको शेयर पूँजी १ अर्ब ५० करोड रहेको र त्यसमा कुनै परिवर्तन नभएको होटलले प्रष्ट पारेको छ ।

उसले स्थिर पूँजी र चालु पूँजी गरि कुल २ अर्ब ९० करोड ५६ लाख ७ हजार रुपैंया स्थिर पूँजी रहेको र विदेशी लगानी रहेकाले उद्योग विभागबाट स्वीकृति लिनुपर्ने बताएको छ । होटलमा होलिडे इन्स इन्भेष्टमेण्ट नेपाल लिमिटेड हकंकगंको १० प्रतिशत लगानी रहेको छ ।

२४ जेठ २०७३, १२.००

वि.सं.२०७३ जेठ २४ सोमवार १३:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...