काठमाण्डौं । आइतबार ३५ अंकले ओर्लिएको पुँजी बजार आज सोमबार उत्साहजनक रुपमा उकालो चढेको छ । आज नेप्से परिसूचक ३३.६६ अंकले बढेर १५३१.८० अंकमा पुगेको छ ।
आज सेयर बजार २।२७ प्रतिशतले बढ्न पुग्यो । आज बैंकिङ समूहको सूचक मात्रै ३८ अंकले बढ्यो । यो समूहको ६१ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बीमा समूहको सूचक १७५ अंकले बढेको छ । यो समूहको कारोबार रकम २२ करोड ४४ लाख पुग्यो । त्यस्तै विकास बैंक समूहको सूचक २५ अंकले बढयो । यो समूहको कारोबार रकम ११ करोड ५७ लाख रुपैयाँ रह्यो ।
२४ जेठ २०७३, ४.००
वि.सं.२०७३ जेठ २४ सोमवार १६:१४ मा प्रकाशित