back
NMB ad

असुरक्षित गर्भपतन गर्नेको संख्या बढदै

Kumari bank ad

भीमदत्तनगर । सरकारबाट मान्यता पाएकाबाहेकका स्वास्थ्य संस्थाले समेत अवैध रुपमा गर्भपतन गर्न थालेपछि कञ्चनपुरमा असुरक्षित गर्भपतन बढदै गएको छ ।

कञ्चनपुरका ग्रामीण भेगका महिलाले अवैधानिक रुपमा सूचीकृत नभएका स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीबाट असुरक्षित गर्भपतन गराइरहेको देखिएको छ ।

सरकारले कञ्चनपुरमा महाकाली अञ्चल अस्पताल र नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुर शाखालाई सुरक्षित गर्भपतन गर्ने मान्यता दिएको भए पनि यहाँका ग्रामीण बस्तीमा सञ्चालित स्वास्थ्य संस्थाले पनि उक्त अवैध कार्यलाई निरन्तरता दिँदा अवैध गर्भपतन गराउदै आएपछि गर्भपतन बढेको हो ।

केही वर्षअघि कञ्चनपुरको झलारी बजारमा मेडिकलमा गर्भपतन गराउँदा एक जना महिलाको ज्यानसमेत गएको थियो । पछिल्लो समय गाउँमा खुल्ला रुपमा गर्भपतन र सोसम्बन्धी औषधि वितरण भइरहँदा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको सरोकारवालाहरुको गुनासो छ ।

असुरक्षित र सोबारे जानकारी नलिई उक्त कार्य गर्दा महिलामा विभिन्न समस्या देखिने गरेको छ ।

प्रकाशितः २०७३ जेठ २७

वि.सं.२०७३ जेठ २७ बिहीवार १३:२६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...