back
NMB ad

अन्तर्राष्ट्रिय बजारमा ५० लाख टन चिनी अभाव, नेपालमा भाउ बढ्ने !

Kumari bank ad

काठमाण्डौं । भारतमा चिनीको उत्पादन घटेर मूल्य बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले निर्यात शुल्क बृद्धि गर्ने भएको छ । यसको असर नेपाली बजारमा पनि देखिने छ ।

नेपालले औपचारिक माध्यमबाट १४ करोडको चिनी आयात गरेपनि अनौपचारिक माध्यमबाट अझ वढि आयात हुने गरेको छ ।

भारतका खाद्य मन्त्री राम विसाल पासवानले चिनीको निर्यात शुल्क २५ प्रतिशतले बृद्धि गरिने जानकारी दिएका छन् । ‘अन्तर्राष्‍ट्रिय बजारमा चिनीको भाउ वढेको छ । यस्तो बेलामा आयातकर्ताहरुले मुनाफा सुरक्षित गर्न स्टक बढाउँदा राम्रो’ उनले ट्विट गरेरै भनेका छन् ।

पासवानले उत्पादन कम भएका बेला चिनीको निर्यात भएर अभाव अझ खड्किने भन्दै त्यसमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाइने जानकारी दिए । उनले शुल्क बढेपछि निर्यात निरुत्साहित भएर बजारमा आवश्यक चिनी उपलब्ध हुने दावीसमेत गरे ।

इन्डियन सुगर मिल्स एसोसिएसनका अनुसार, देशमा चिनीको उत्पादन २५० लाख टन मात्र हुने छ । यो अघिल्लो बर्षको तुलनामा ११.७ प्रतिशतले कम हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत चिनीको भाउ १२ प्रतिशतले उक्लिसकेको छ । इन्टरनेशनल सुगर अर्गनाइजेसनले यो बर्ष सन्सार भरी ५० लाख टन चिनी अभाव हुने प्रक्षेपण गरेको छ । नेपालमा पनि यसपाली चिनीको उत्पादन घट्ने छ । किसानलाई पैसा नतिरेका कारण उखुको उत्पादन घटेको छ ।

 

२८ जेठ २०७३, १.००, बिजमाण्डु

वि.सं.२०७३ जेठ २८ शुक्रवार १३:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...