back
NMB ad

नयाँशक्तिले आइतबार दशरथ रङ्गशालामा पार्टी घोषणा गर्दैै

Kumari bank ad

काठमाडौंँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ ।

आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ ।

पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ ।

घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ ।

घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौँ आइपुगेको देवकोटाले जानकारी दिनुभयो ।

कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रङ्गाशालामा प्रवेश गरिसक्नेछन् । जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस भनी पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गरिने प्रवक्ता देवकोटाले बताउनुभयो ।

‘प्रदर्शनमा आउनेमध्ये एकहजार ५०० प्रतिनिधिलाई बिर¥यानी खुवाउने नयाँशैली अपनाइने सो पार्टीले जनाएको छ ।‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने तयारी सो पार्टीले गरेको छ ।
प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १५:११ मा प्रकाशित

You can share this post!

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...