१०० मा प्रेमका कुरा

‘नमस्कार, प्रहरी जवान सवल सापकोटा।’

‘हेल्लो के छ खबर भेट्ने होइन त ?’

‘हजुर के भन्नु भएको ?’

‘भेटौ भनेको।’

‘यो प्रहरी कन्ट्रोल हो केही समस्या छ भने भन्नुहोस्’

‘मायाको समस्या भयो सुल्झाइदिनुहोस् नत।’

महानगरीय प्रहरी कार्यालयको आकस्मिक १०० नम्बरमा अहिले प्रहरी जवान सापकोटाले झेल्ने ब्लफकलको विविध सम्वादमध्ये एक हो यो।

आयुक्तको परिचालक कक्ष मेट्रो कन्ट्रोलमा कार्यरत सापकोटाले पाँच वर्षको अवधिमा यस्ता अनगिन्ति अनावस्यक कलको सामना गरे। जसमा टाइमपासदेखि यौन अनुरागसम्मका प्रस्ताव हुन्छन्। उनको अनुभवमा जति रात छिप्पदै जान्छ त्यस्ता फोनको संख्या पनि बढ्दै जान्छ। बेलुका सात बजेबाट सुरू हुने यस्ता ब्लफकल मध्यरात १२ बजेसम्म जारी रहन्छ।

आजको कान्तिपुरमा केपी ढुंगाना अगाडि लेख्छन्–

‘बेलुका आउने फोनमध्ये इमर्जेन्सीसँगै अनावश्यक गफ गर्ने, जिस्काउने,छिल्लिनेको संख्या पनि उत्तिकै हुन्छन्,’ सापकोटाले भने,‘ आपत परेर फोन गरेको होला भनेर उठायो छिल्लिदै के के भन्छन् के के ?

प्रकाशितः २०७३ जेठ ३०

२०७३ जेष्ठ ३० गते १०:१० मा प्रकाशित

You can share this post!

डलर साट्न हिच्किचाउँदै बैंक

स्वयंसेवक खटाउने प्रधानमन्त्रीको योजना असफल

Related posts