काठमाण्डौं । कृषि विकास बैंकले ६७ जना अधिकृतको लागि आवेदन फारम खुल्ला गरेको छ। बैंकले आज सूचना प्रकाशन गर्दै जेठ ३० गतेबाट २१ दिनसम्म र पुनः एक साता दोबर दस्तुर बुझाएर बैंकको केन्द्रीय कार्यालय सिंहदरबार फारम भर्न सकिने जनाएको छ।
बैंकले ११ जना लेखा अधिकृत, ६ जना कम्पुटर अधिकृत, कानुन अधिकृत १० जना र ४० जना व्यवसायी अधिकृतको लागि आवेदन फारम खुलाएको हो।
प्रकाशितः २०७३ जेठ ३०
वि.सं.२०७३ जेठ ३० आइतवार १४:२५ मा प्रकाशित