back
NMB ad

सुरक्षित आप्रवासन परामर्श केन्द्रमा प्रजिअले लगाए ताला

Kumari bank ad

धादिङ । यहाँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले गृह मन्त्रालयको निर्देशनको ठाडो अवज्ञा गर्दै शुक्रवार प्रहरी लगाएर सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा ताला लगाएका हुन् ।

बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आवश्यक परामर्श सेवा दिनका लागि जिल्ला प्रशासन कार्यालय भित्र सञ्चालन गरिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र वन्द गर्न प्रजिअ सुवेदीले पटक पटक चेतावनी दिएका थिए । श्रम तथा रोजगार मन्त्रालय र गृह मन्त्रालयको निर्देशनको अवज्ञा गर्दै सुवेदीले केन्द्रमा जवरजस्ति ताला लगाएका हुन् ।

griha mantraalaaya - Copy - Copy

नेपाल सरकार र स्विस सरकार बिच भएको द्धैपक्षिय सहयोग सम्झौता अनुसार धादिङ लगायत देशका १९ जिल्लामा आर्थिक बर्ष ०७०/७१ देखि २०७३/७४ सम्म चार बर्षका लागि सुरक्षित आप्रवासन परियोजना सञ्चालन भईरहेको छ । परियोजना अन्र्तगत धादिङ जिल्लामा सञ्चालित जिल्ला प्रशासन कार्यालय भित्र सूचना तथा परामर्श केन्द्र खोल्नका तत्कालिन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले २०७१ कात्तिक २७ गतेको पत्रसंख्या ०७१/०७२ चलानी नम्बर १४६७ को पत्रमार्फत चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज ( सिड्स) धादिङलाई अनुमति दिएका थिए ।

जिल्ला प्रशासनले अनुमति दिइएको पत्रमा जिल्ला प्रशासन कार्यालयको परिसर भित्र सुरक्षित वैदेशिक रोजगार सम्वन्धी सूचना तथा परामर्श केन्द्र सुरुवात गर्दा कार्यालयको दैनिक नियमित सेवा प्रवाहमा वाधा नपुग्ने गरी सूचना तथा परामर्श कार्य शुरु गर्न भनिएको थियो । जिल्ला प्रशासन कार्यालयमा राहदानी वनाउन आउने सेवाग्राहीहरुलाई केन्द्रले सेवा दिंदै आएको र सेवा प्रवाह गर्दा कुनै किसिमको समस्या उत्पन्न नभएपनि प्रजिअ सुवेदीले संस्थालाई पटक पटक पत्र लेखेर परामर्श केन्द्र वन्द नगरे जे पनि गर्न सकिने चेतावनी दिएको सिर्डस धादिङका एक सदस्यले वताए ।

परामर्श केन्द्रले सुरक्षित आप्रवाशनका लागि सूचना तथा परामर्श दिंदा वैदेशिक रोजगारीमा गएका नेपालीहरु ठगिनबाट बच्ने भएकाले मेनपावर संचालक केही व्यक्तिहरु यस्ता परामर्श केन्द्र वन्द गर्न सक्रिय रहेको र प्रजिअ पनि तिनै व्यक्तिको चंगुलमा फसेको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भित्र बसेर वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई परामर्श दिंदा शान्ति सुरक्षामा खलल परेको भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले केन्द्र वन्द गर्न ठाडो आदेश दिएका हुन । केन्द्र स्थापना भएपछि धादिङ जिल्लामा ७ हजार १ सय ३६ जनाले सेवा पाईसकेका छन भने केन्द्र मार्फत २ सय ६२ वटा समस्याको पहिचान गरी दलालहरुबाट ठगिएका,श्रमशोषणमा परेका, विदेशमा अलपत्र पारिएकाहरुलाई १ करोड ७ लाख वरावरको क्षतीपुर्ति दिलाउन सफल भएको केन्द्रले जनाएको छ । विभिन्न देशमा गएर हराईरहेका ७ जनाको पहिचान गरी उनिहरुलाई घर परिवार सम्म ल्याउन पनि केन्द्रले पहल गरिरहेको छ ।

shram mantraalaaya - Copy

सुरक्षित आप्रवासन परियोजना धादिङका साथै कैलाली,दाङ, नवलपरासी, कास्की, नुवाकोट, सिन्धुपाल्चोक,रामेछाप जिल्लामा सञ्चालन भईरहेको छ । यसै गरी सिन्धुली,सर्लाही,धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, उदयपुर खोटाङ,झापा र काठमाण्डौं जिल्लामा पनि सञ्चालनमा रहेको वताईएको छ कार्यक्रम सञ्चालन भएका जिल्लामा ‘सम्वन्धित जिल्ला प्रशासन र केही इलाका प्रशासन कार्यालय परिसर भित्रै केन्द्रहरु स्थापना गरी राहदानीका लागि निवेदन दिन आउने नागरिकहरु मध्ये वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई परामर्श दिनु’ भन्ने व्यहोरा श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले २०७२-८-२८ गते गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरिएको थियो ।

सोही पत्रमा सचिव आचार्यले गृह मन्त्रालय मार्फत अध्यागमन विभाग र सम्वन्धित जिल्लाका प्रमसख जिल्ला अधिकारीलाई निर्देशन सहितको परिपत्र जारी गरेका थिए ।

के हो आप्रवासन सूचना तथा परामर्श केन्द्र ?
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउन सघाउने उद्देश्यले धादिङमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको हो । सुरक्षित आप्रवासन परियोजना (सामी) ले जिल्ला प्रशासन कार्यालयको परिसरमा सुचना केन्द्र स्थापना गरेको छ । रोजगार मन्त्रालयको समन्वयमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) ले चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङसंग मिलेर परामर्श केन्द्र सञ्चालमा ल्याएको हो ।

सुरक्षित आप्रवासन परियोजना जिल्ला तहमा कार्यान्वयन गर्न सघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समझदारी भएको थियो । विसं २०७० साउन महिनादेखि कार्यान्वयनमा आएको सो परियोजनाका लागि स्विस विकास सहयोग नियोगले नेपाल सरकारलाई ८० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।

वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सम्बन्धी सूचना आदानप्रदान गर्ने र सूचनाको पहुँच बढाउन सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको हो । पीडितको न्यायमा पहुँच बढाउने, वैदेशिक रोजगारबाट समस्यामा परेर फर्केकाहरुका लागि पुनःस्थापना गृह सञ्चालनमा ल्याउने लगायतका काममा सामी परियोजनाले सघाएको छ ।

वैदेशिक रोजगारीमा जान चाहनेलाई व्यावसायिक सीप तथा तालिम र परामर्श दिन एवम सुरक्षित आप्रवासन सम्वन्धि जानकारी प्रदान गर्न दाङ, कास्की, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर, सिरहा, महोत्तरी, सिन्धुली र झापा जिल्लामा श्रम तथा रोजगार मन्त्रालयले परियोजना संचालन गरिरहेको छ ।

त्यसैगरी स्विस विकास सहयोग नियोग अन्तर्गत हेल्भेटासले खोटाङ, सर्लाही, रामेछाप, नवलपरासी, सुनसरी, कैलाली , धादिङ, धनुषा र सप्तरीमा पनि सुचना केन्द्र छन । धादिङ जिल्लामा सिर्डस धादिङ र आवाज अभियान नेपाल संस्था मार्फत परियोजना संचालनमा आएको छ । बैदेशिक रोजगारीमा धेरै ब्यक्तिहरु जाने पहाडी जिल्लामा धादिङ जिल्ला पनि अग्रस्थान रहेको छ ।

३० जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ ३० आइतवार १४:५६ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...