back
NMB ad

हाम्रो संगठनको बिगत र भविष्यको योजना नै हाम्रो सफलता

Kumari bank ad

यही जेष्ठ १९ ,२०७३ का दिन सम्पन्न निजामति क्षेत्रको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनले प्रथम स्थान हासिल गरि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ जना सदस्य पद सहित बहुमत प्राप्त गरी सबैभन्दा ठूलो संगठन बन्न सफल भएको छ । यो सफलता कसरी हासिल गरियो र आगामी दिनमा संगठनले के कस्ता गतिविधि गर्छ भन्ने सन्दर्भ सहित नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समिति केन्द्रीय कोषाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठसंग अर्थतन्त्रका लागि रामेश्वर कार्कीले  गरेको कुराकानीको सम्पादित अंश ..

 यसरी सबै भन्दा ठूलो संगठनको रुपमा स्थापित हुनाको कारण बताई दिनु हुन्छ कि ?

धन्यवाद, नेपाली निजामती कर्मचारी संगठन, नेपालको पहिलो राष्ट्रियस्तरकोे ट्रेड युनियन हो । म हाम्रो संगठनको स्थापना काल देखिको अलिकति पृष्ठभूमि जोडेर तपाईलाई बताउन चाहान्छु । हाम्रो संगठन २०४७ मा स्थापना भई भखरै २५औँ बसन्तमा रजतजयन्ती मनाउँदै २६औँ बसन्तमा हामी अगाडि बढिरहेको छौं । नेपाल निजामती प्रशासनको सुदृढीकरणमा हामी स्थापना कालदेखि निरन्तर रुपमा क्रियाशील रहि जनताको भरोसाको केन्द्रको रुपमा स्थापित हाम्रो संगठनको देशव्यापी सञ्जाल रहेको छ । हाल ७५ जिल्ला र मन्त्रालय/विभागस्तरको ४२ वटा समेत ११७ कार्य समितिहरु क्रियाशील रहेकोे छ ।
यसैक्रममा नेपाल निजामती कर्मचारी संगठनले लामो समयदेखि माग गर्दै आएको निजामती क्षेत्रको आधिकारिक ट्रेड युनियनको निर्वाचन नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वको सरकारले घोषणा गरी अभूतपूर्व रुपमा यही १९ जेठ २०७३ का दिन सम्पन्न भएको छ । त्यसमा नेपाल भरिको कूल मतदाता ५५,३२९ मध्ये ४७५९४ मत खसेको थियो । जस्मा नेपाल निजामती कर्मचारी संगठनले २११२७ मत प्रतिशतमा भन्दा ४४.३९ प्रतिशत मत प्राप्त गरी प्रथम स्थान हासिल गर्दैै २१ सदस्यीय केन्द्रीय आधिकारिक ट्रेड युनियनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष गरी पदाधिकारीमा ३ र सदस्यमा ८ जना गरी जम्मा ११ पद प्राप्त गरी स्पष्ट वहुमत हासिल गरेको छ । यसरी नै नेपाल भरी ११७ स्थान मध्ये दुई तिहाई भन्दा बढी ८० वटा स्थानमा विजय हासिल गरी सबैभन्दा ठूलो संगठनको रुपमा स्थापित भएको अवस्था हो ।
तपाईहरुको संगठनलाई नेकपा एमाले नजिकको भन्ने गरिन्छ । यसैकारण अहिले सरकार एमालेकै भएकाले तपाईहरुले जित्नु भएको भनिन्छ नि ?

ट्रेड युनियनहरुलाई दलसँग नजिक राखेर हेर्न चलन रहेको छ । त्यसो कदापि होइन हामी पेशागत हितको लागि क्रियाशील संगठन हौं । अहिले नेकपा एमालेको नेतृत्वको सरकार छ । निर्वाचनको सम्मुखमा आएको वजेट भाषणले कर्मचारीको २५ प्रतिशत तलव वृद्धि गर्यो भने संगठनले उठाउँदै आएको एक दिन वरावरको एक ग्रेड कायम गरिएको विषयसँग हाम्रो विजयको प्रसग जोडिएर आएको होला । तर विल्कुल त्यसो होइन । वजेटबाट सम्बोधन भएको विषय हामीले निरन्तर रुपमा उठाउँदै आएको माग हो । यसमा यतिमात्र हो कि नेकपा एमालेले नेतृत्व गरेको सरकारले हाम्रो माग सम्बोधन गरेको छ, यद्यपी यो जायज माग पहिलेका सरकारहरुले नै सम्बोधन गरी सक्नु पर्ने थियो ।
यसरी नै यहाँहरुले पनि नजिकबाट नियाली रहनु भएकोले हाम्रो संगठनको इतिहास थाहा हुनुपर्छ । निजामती सेवाको सुदृढीकरण र आम कर्मचारीहरुको हक हित संरक्षण र प्रवद्र्धनमा स्थापना कालदेखि नै निरन्तर लागि रहेको कुरा मैले अघि नै भनिसकेको छु । यतिमात्र होइन हजारौ संगठकहरुले जिउज्यान र जागिर वाजि राखेर निर्माण भएको संगठन हो । शहिदको इतिहास वोकेको एक मात्र हाम्रो संगठन हो । आधिकारिक ट्रेड युनियनको निर्वाचन हाम्रै माग हो । अझ म प्रष्ट पार्न चाहान्छु की २०४७ सालको ५६ दिने पेशागत आन्दोलन यसमा जोडिएको छ । तत्कालिन सरकारले आन्दोलन दवाउने नाममा हाम्रो हजारौ संगठकलाई धरपकड गर्ने, निलम्बन गर्ने, जागिरबाट निकाल्ने जस्ता दमन कार्यहरु भएकोमा अधिकांश कर्मचारीहरुलाई संगठनको पहल नेतृत्वमा न्याय दिन सफल भएको थियो । यसरी न्यायप्रेमी कर्मचारीहरुको साथले संगठनले जित्दै आएको छ । हाम्रो नेतृत्वमा भएको आन्दोलनको दवाव स्वरुप तलब सुधार आयोग, २०६१ बाट हाम्रा धेरै मागहरु सम्बोधन गर्यो  । यो कुरा पनि हाम्रो निजामति क्षेत्रको साथीहरुको वीचमा प्रष्ट छ । त्यो कारणले पनि हामीलाई मत दिएको स्थिती छ भने हामीले सरकार समक्ष प्रस्तुत ८४ बुदे माग मध्ये धेरै कुराहरु सम्बोधन गराउन सफल भएको छौ भने वांकी सम्बोधन गराउन निरन्तर लागिरहेका छौ ।
म अझ यो कुरा यहाँहरुलाई जानकारी गराउन चाहान्छु की खासगरी सार्वजनिक प्रशासनमा रहेको तीन ‘अ’ जस्मा अवसरवाद, अर्थवाद, अराजकतावादको अन्त्य लागि नेपाल निजामती कर्मचारी संगठनले अभियान नै संचालन गरेको छ । यसैगरी संगठनकै नेतृत्वमा २०औं हजार कर्मचारी साथीहरु विशेष वढुवाको व्यवस्था गरी समायोजन, पदस्थापन गर्न सफल भई व्यवस्थापन गरिएको छ । पोशाक भत्ता, कडा रोग लागेमा थप ५ लाख आर्थिक सहयोग, विमा, एक दिन वरावरको एक ग्रेड हामीले नै उठाएको माग हो, जस्लाई सम्वोधन गरिएको छ । यसैगरी संघियतामा कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा पनि नेपाल निजामति कर्मचारी संगठनको ध्यान गएको छ । हामीले केन्द्रीयस्तर र स्थानीय स्तरको कर्मचारीहरुको संघियतामा व्यवस्थापन गर्दा प्रदेश वा स्थानीय तहमा जादा एक तह बढुवा गर्नु पर्ने कुराहरु पनि अगाडी सारेको छौ । यसरी संगठनको गतिविधि नजिकबाट नियाली रहनु भएका हाम्रा आदरणीय कर्मचारी साथीहरुले हामीलाई मत दिएर विजय बनाउनु भएको को भन्ने कुरा पत्रकार मित्रहरुलई बुझ्दिनु हुन तथा यसै अवसरमा आधिकारिक ट्रेड युनियन सम्पन्न गर्न सहयोग पुर्याउनु हुन नेपाल सरकार, सम्पूर्ण मतदाता, ट्रेड युनियनकर्मिहरुलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।
सत्ताको मेकानिज्म दुरुपयोग गरेको आरोप लगाउने गरिएको सुनिन्छ, कतिको सत्य हो ?

विल्कुल होइन । म सिधै सत्ता दुरुपयोगको कुरा अस्वीकार गर्छु । संगठन वि.सं. २०४७ सालमा स्थापित पहिलो राष्ट्रियस्तरको टे«ड युनियन हो । हाम्रो संगठनले वलिदानीपूर्ण इतिहास वोकेको छ । हजारौ संगठकहरुले जीउज्यान र जागीरको वाजी राखेर हुर्काएको हाम्रो संगठनले मनोज–भफेन्द, सुरेन्द्र वि.क. जस्ता शहिदहरुको बलिदानीपूर्ण इतिहास बोकेको छ । शहिदले देखाएको बाटो हामीले भुलेको छैन । यसरी नै देशव्यापी रुपमा सञ्जाल भएको सबैभन्दा ठूलो संगठन जो आम कर्मचारीको भरोशाको केन्द्र एवं प्रशासन सुधारको सारथीको रुपमा विकसित गर्ने हाम्रो चाहनालाई साकार पार्न हाम्रा आदरणीय मतदाताहरुले हामीलाई माया गरेर विजय गराएको हुन भन्ने मैले विश्वास लिएको छु ।

rajendra kumar shrestha
राजेन्द्र कुमार श्रेष्ठ केन्द्रीय कोषाध्यक्ष नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समिति

आधिकारिक ट्रेड युनियनको मुख्य मुख्य पदमा तपाईहरु कै संगठनको बर्चस्व देखिन्छ, अन्य ट्रेड युनियनहरुको साथीहरुलाई समावेशी बनाई कसरी अगाडि बढ्नु हुन्छ ?

आधिकारिक ट्रेड युनियनको निर्देशिका ले नै समावेशी चरित्रको आधिकारिक ट्रेड युनियनको संरचना व्यवस्था गरेको छ । यसमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ जना सदस्य नेपाल निजामति कर्मचारी संगठनको भागमा परेको छ, युनियन (संघ) ले महासचिव र ६ जना सदस्य प्राप्त गरेको छ भने नेपाल राष्ट्रीय कर्मचारी संगठन (निजामती) ले सचिव र २ सदस्य प्राप्त गरेको अवस्था छ । यसले नै तपाईले भन्नु भए जस्तो आधिकारिक ट्रेड युनियन समावेशी चरित्रको रहेको छ । रह्यो कुरा थ्रेसहोल्ड पुर्यायाउन नसकेको अन्य ट्रेड युनियनहरुको साथीहरुसँग पनि निरन्तर सम्पर्क, समन्वय र छलफल गर्दै उहाँहरुको विचार र भावनाको सम्मान र कदर गरी आधिकारिक ट्रेड युनियनको गतिविधि संचालन गरिने छ । यतिमात्र होइन संगठनमा अध्यक्ष, उपाध्यक्ष, कोषध्यक्ष र ८ जना सदस्यमा देशभरीबाटै समावेशी चरित्रको प्रतिनिधि पठाउने सम्वन्धमा समेत बृहत छलफल भइरहेको छ ।
एकातिर माओवादीसंग आबद्ध संगठनले तेस्रो स्थान पाएको छ, त्यसरी नै अर्कोतिर थ्रेसहोल्ड पुर्याउन नसेको चौथौँ, पाचौँ र छैटौँ स्थान हासिल गरेको निजामती क्षेत्रको ट्रेड युनियनहरुलाई समेटनु पर्ने आवश्यकता देखिन्छ । यसलाई तपाईहरुले कसरी तालमेल मिलाएर लानु हुन्छ ?

मैले माथि नै भनिसकेको छु । फेरी पनि कुरा राख्दा ट्रेड यूनियनहरु माथि लाग्दै आएको आरोपलाई चिर्न ट्रेड युनियनको उचित व्यवस्थापन गर्न आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन पर्छ भनेका थियौं । सरकारले पनि हाम्रो कुरालाई स्वीकार गरी आधिकारिक ट्रेड युनियनको निर्वाचन मिति २०७२ चैत २८ गते गर्ने घोषणा भएको थियो । साथीहरुले थे्रसहोल्डको कुरा उठाउनु भएको थियो । उहाँहरुकै माग सम्बोधन गर्न २० प्रतिशत बाट घटाएर १० प्रतिशतमा थ्रेसहोल्ड झारेर पटक पटक सरेको आधिकारिक ट्रेड युनियनको निर्वाचन सुनिश्चित गरेका थियौं । उहाँहरु पनि राष्ट्रियस्तरकोट्रेड युनियनको हैसियत प्राप्त गर्नु भएको छ भने आधिकारिकट्रेड युनियनमा समेत उहाँहरुको प्रतिनिधित्व सुनिश्चित भएकोले उहाँहरुसँग सम्वाद, छलफल, वसर र सहकार्य गर्दै अगाडी बढने छौं । अव रह्यो कुरा निर्वाचनमा भाग लिएको तर राष्ट्रियस्तरको ट्रेड युनियनको हैसियत प्राप्त गर्न नसकेको ट्रेड युनियनसँग पनि छलफल, वहस, सम्बादबाट उहाँहरुको विचार र भावनालाई समेत सम्बोधन गर्दै आधिकारिक टे«ड युनियनको गतिविधि संचालन गरिनेछ ।
आधिकारिक ट्रेड युनियनमा प्रतिनिधि छनौट चर्को गुटबन्दी शुरु भएको छ भन्ने संचार माध्यम एवं सामाजिक सञ्जालहरुमा छताछूल्ल भएको छ । यस सम्बन्धमा तपाईको धारणा बताई दिनुहुन्छ की ?

त्यस्तो होइन म तपाईलाई के बताउ भने नेपाल निजामती कर्मचारी संगठन नेपालको निजामती क्षेत्रको अग्रणी संगठन हो । संगठनको निर्माण र विकासमा अग्रजहरुको अहंम भूमिका रहेको छ । वास्तवमा नेपाल निजामती कर्मचारी सगठन नेता संगठन हो । नेपाल निजामती कर्मचारी संगठन इमान्दार, जुझारु, गतिशील नेताहरुको संगठन पनि हो । यसैक्रममा भखरै संगठन आफैले वि.सं. २०५४ साल देखि निरन्तर उठाउँदै आएको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न भएको छ । यसर्थ स्थापनाकाल देखि नै निरन्तर लागिरहेका इमान्दार, जुझारु र गतिशील नेताहरुले आधिकारिक ट्रेड युनियनमा अध्यक्षको दावि प्रस्तुत गर्नु स्वभाविक नै मान्नु पर्छ । तपाईले भने जस्तो संगठनमा गुटबन्दी छैन । संगठनको श्रीवृद्धिमा निरन्तर लाग्नु भएका इमान्दार, जुझारु र गतिशील नेताहरुको आधिकारिका ट्रेड युनियनमा जाने आकांक्षा राखे तापनि यसैको व्यवस्थापनको लागि हाम्रो लामो अनुभवद्वारा स्थापित गरेको विधि र पद्धती रहेको छ । कानूनी व्यवस्था बमोजिम आधिकारिक ट्रेड युनियनमा जाने पदाधिकारी तथा सदस्यहरु छनौट गर्ने आधिकारिक निकाय भनेको केन्द्रीय कार्य समिति हो । यहि विषयमा निर्णयमा पुग्नको लागि २०७३ असार १ र २ गते केन्द्रीय कमिटीको बैठक बोलाईएको छ । मलाई लाग्छ केन्द्रीय कार्य समितिको बैठकले सबै पदाधिकारी र सदस्यहरुको छनौट सर्वसम्मतिमा छनौट गर्ने विश्वास लिएकोछु । यदि सर्वसम्मति जुट्न नसकेमा विश्वव्यावी रुपमा सर्वाधिक लोकप्रिय लोकतान्त्रिक विधि निर्वाचन प्रक्रियाबाट वहुमतको आधारमा छनौट गरिनेछ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा हो । यसलाई सबैले सहज रुपले स्वीकार गर्नु पर्छ ।
तपाई यस संगठनमा कहिले देखी क्रियाशील हुनुहुन्छ ? र यस CBA को नेतृत्वमा कुन पदको दावी गर्नु हुन्छ ?पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन हुन सक्ने संभावना के छ ?

म संगठन स्थापना काल २०४७ साल देखि नै साधरण सदस्य, त्यसपछी म विभिन्न जिल्ला÷विभागीय कार्यसमितिको अध्यक्ष, केन्द्रिय प्रतिनिधि र सल्लाहाकारको साथै संगठनको विभिन्न केन्द्रीय विभागहरुको जिम्मेवारीमा सम्हादै माघ २०६६ मा रुपन्देहीको भैरहवामा सम्पन्न आठौँ  राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सह–कोषाध्यक्ष र काठमाडौंको राष्ट्रिय सभागृहमा २०६९ चैत्रमा सम्पन्न नवौं अधिवेशनबाट सर्वसम्मत रुपमा केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भई कर्तव्यनिष्ठकासाथ जिम्मेवारी निर्वाह गरिरहेको छु । यस प्रकार स्थापनाकाल देखि हालसम्म विभिन्न पद तथा जिम्मेवारी बहन गर्दै निरन्तरताका साथ हाल केन्द्रीय कोषाध्यक्षको भूमिका सहित जिम्मेवारी निर्वाह गरिरहेको सन्दर्भमा आसन्न आधिकारिक ट्रेड  युनियन (CBA) को लागि नेपाल निजामती कर्मचारी संगठनले प्राप्त गरेको पदाधिकारी अध्यक्ष,उपाध्यक्ष र कोषध्यक्ष मध्ये मैले पनि कोषाध्यक्षमा दावि प्रस्तुत गरेको छु । यीनै विषयमा निर्णयमा पुग्नको लागि २०७३ असार १ र २ गते केन्द्रीय कमिटीको बैठक बोलाईएको छ । आदरणीय सबै केन्द्रिय पदाधिकारी तथा सदस्य ज्यूहरुबाट विवेकशील र उचित मूल्यांकन सहित सर्वसम्मत रुपमा सो पदमा मलाई चयन गर्नु हुनेछ भन्ने पूर्ण विश्वास र भरोसा गरेको छु ।
नेपाल निजामती कर्मचारी संगठन लोकतन्त्रमा विश्वास गर्ने संगठन हो । विश्वव्यापी सर्वमान्य सिद्धान्त वमोजिम प्रतिनिधि छनौट गर्ने मूलतः दुई वटा प्रथमतःसर्वसम्मत वा वहुमतीय विधि रहेका छन् । यही दुवै विधि मध्ये कुनै एक विधिबाट आगामी केन्दीय कार्यसमिति बैठकले सक्षम, योग्य, कुशल संगठनका नेतृत्वहरुलाई आधिकारिक ट्रेड युनियनमा छनौट गरी पठाउने छ । यति हुँदा हुँदै पनि म यो पनि भन्न चाहन्छु की म पदमा रहे पनि नरहे पनि आफ्नो स्थानबाट संगठनको श्रीवृद्धिमा सदैव दत्तचित्त भएर निरन्तर लागिरहने कुरा तपाईको यो लोकप्रिय संचार माध्यम मार्फत आम संगठक,शुभचिन्तक सबैमा हार्दिकता साथ अनुरोध पनि गर्दछु ।

सामाजिक संजाल कतिको प्रयोग गर्नुहुन्छ ?

म सूचना आदन प्रदान, सकारात्मक सन्देश प्रवाह आदि कार्यको लागि सामाजिक संजाल प्रयोग गर्छु । सामाजिक सञ्जाललाई कतिपयले कतिपय अवस्थामा दुरुपयोग पनि गरेका घटनाहरु सुन्न देख्नमा आएको छ । म सामाजिक सञ्जालको प्रयोग सम्पर्क, समन्वय, भाइचारा, एकता, सदभाव, सहकार्यको जस्ता सकारात्मक सन्देश दिनको लागि प्रयोग हुनु पर्छ भन्ने पनि मान्यता राख्दछु । समाजिक सञ्जालको प्रयागे समाजको उत्तेजना भड्काउने, सामाजिक अपराध प्रोत्साहन गर्ने गतिविधिको लागि प्रयोग गरिनु हुन्न र त्यसो नगर्न पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु ।
अन्तमा, आधिकारिक ट्रेड  युनियन व्यवस्थापनको सम्बन्धमा तपाईहरुको आगामी योजना के कसरी अगाडी बढाइरहनु भएको छ ? बताई दिनुसहुन्छ की ?

निजामती क्षेत्रमा अनावश्यक रुपमा धेरै ट्रेड  युनियनहरु अस्तित्वमा आयो यसले निजामती प्रशासनमा विकृति जन्मायो भन्ने यदाकदा आरोपहरु लाग्ने गरेको छ । यसरी लाग्ने गरेको आरोपलाई निस्प्रभावी बनाउन तथा ट्रेड  युनियनको व्यवस्थापन गर्न आधिकारिक ट्रेड  युनियनको निर्वाचन गरिनु पर्छ भन्ने हाम्रो माग हो । नेपाल सरकारले हाम्रो मागलाई सम्बोधन गरी भर्खरै आधिकारिक ट्रेड  युनियनको निर्वाचन सम्पन्न भएको छ । आधिकारिक ट्रेड  युनियन सरकारसँग सामूहिक सौदावाजी गर्ने आधिकारिक थलो हो । यसर्थ आधिकारिक ट्रेड  युनियन मार्फत प्रशासन सुधार तथा कर्मचारीको हित प्रर्वद्धन गर्ने नीतिगत पक्षलाई सरकारसम्म पु¥याउने, त्यसलाई लागु गर्न दवाव सृजना गर्न आवश्यक छ । निजामती क्षेत्रमा अनेकै विकृतीहरु रहेको छ । सोको निराकरणको लागि भूमिका अदाह गर्ने, पेशागत हितको संरक्षण गर्ने कार्य पनि यहि आधिकारिक ट्रेड  युनियनको कर्तव्य हो । यसका लागि आधिकारिक ट्रेड  युनियनको संचालन तथा ब्यबस्थापन कसरी मिलाउने भन्ने सन्दर्भमा स्पष्टता छैन । सर्वप्रथम हामीले यसतर्फ पनि ध्यान दिन आवश्यक छ । हामी यस्ता यावत विषयको सन्दर्भमा सरकारबाट जिम्मेवारी प्राप्त हुनासाथ भावि योजनाको छलफल, वहसमा जुटेने छौ । चांडै एउटा ठोस योजनाको खाका लिएर हामी अगाडी वढ्ने तयारीमा छौं ।

३१ जेठ २०७३

वि.सं.२०७३ जेठ ३१ सोमवार १८:३१ मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...