back
NMB ad

जो झोलामा ६ किलोको मुटु बोकेर १७ महिना बाँच्न सफल भए

Kumari bank ad

शरीरको सबैभन्दा संवेदनशील अंग मुटु छातिभित्र हुन्छ र यसले अलिकति पनि काम गर्नमा गडबडी भयो भने मानिसको ज्यानै जानसक्छ ।

तर अमेरिकाका एक जना युवक पनि छातिभित्रको मुटुले पूरै १७ महिना काम नगर्दा पनि बाँच्न सफल भए । छातिभित्रको मुटुले काम नगरेर के भो त रु उनले १७ महिनासम्म बकाइदा आफ्नो लागि कामगर्ने मुटु २४ सै घण्टा झोलामा बोकिरहे ।

मिचिगनका २५ वषर्ीय स्टान लार्किन हो उनको नाम, जो मुटु विना १७ महिना बाँचे र अहिले मुटु प्रत्यारोपण गराएर प्राकृतिक अवस्थामै फर्किएका छन् ।

फेमेलियल कार्डियोमायोप्याथी नामक रोगका कारण उनको मुटुले काम गर्न छाड्यो । उनलाई तत्काल मुटु प्रत्यारोपण गर्नका लागि दाता भेटिएन । त्यसपछि मिचिगन फ्रेन्केल कार्डियोभास्कुलर सेन्टरका डाक्टरहरुले उनलाई एउटा कृत्रिम मुटु राखिदिए सन् २०१४ मा । झोलामा बोकेर हिड्नुपर्ने त्यो कृत्रिम मुटु सिन्कार्डिया झण्डै ६ किलोको थियो र त्यसको काम उनको सरीरमा रगत पम्प गर्नु नै थियो ।

लार्किनका दाईमा पनि उस्तै समस्या थियो । तर उनले लामो समयसम्म कृत्रिम मुटुको भाँडो बोकिरहनुपरेन । किनकी एकजना मुटुदाता छिटै भेटिएपछि सन् २०१५ मै उनको मुटुको शल्यक्रिया भयो । तर लार्किनले भने सामान्य जिवनमा फर्किन १७ महिना कुर्नुपर्यो ।

धन्य चिकित्सा विज्ञानको चमत्कारका कारण उनले नयाँ जिवन पाए । अब आफु सामान्य मानिस झैँ दौडिन सक्ने आशा उनमा छ । उनले आफुलाई नयाँ जिवन दिने डाक्टर तथा मुटुदातालाई धन्यवाद दिए ।

प्रकाशितः २०७३ जेठ ३२

वि.सं.२०७३ जेठ ३२ मंगलवार १६:४३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...