काठमाण्डौं । उपत्यका लगायत धादिङ र काभ्रे जिल्लामा गरिएको गोलभेंडा खेतीमा नयाँ जातको किरा देखा परेको नेपाल कृषि अनुसन्धान परिषद् नार्क किट विज्ञान महाशाखाले सार्वजनिक गरेको छ। नार्कका अनुसार गोलभेंडा खेतीमा टुटा एब्सोलुटा नामको किरा देखा परेको हो।
महाशाखामा किसानले गरेको गुनासोका आधारमा जेठ ३ गते देखि ३२ गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङ जिल्लाको १७ ठाउँबाट संकलन गरेर अनुसन्धान गरिएको नमुना मध्ये १४ ठाउँको गोलभेंडामा यो किराको प्रकोप देखा परेको हो।
महाशाखाका अनुसार यो किरा छिमेकी देश भारत, बंगलादेश र पाकिस्तानमा समेत पहिचान भईसकेको छ र यहाँ त्यहाँबाट आयात हुने तरकारीका कन्टेनरबाट आएको हो।
यो किरा बिस्तारै सर्दै गएको र समयमै समाधान गर्न नसके गोलभेंडाखेतीमा ठूलो आतंक आउने महाशाखाले जानकारी दिएको छ।
१ असार २०७३, १०।००
वि.सं.२०७३ असार १ बुधवार १३:०१ मा प्रकाशित