back
NMB ad

प्रचण्डका पूर्व सहकर्मी भन्छन् प्रचण्ड र गृह मन्त्री बस्नेतलाई कारबाही गर्नु पर्छ

Kumari bank ad

भक्तपुर । नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्वन्द्वकालिन समयको घटनालाई लिएर कारवाही भए प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्नु पर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै देवकोटाले तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत भएकाले त्यसको जवाफदेहिताका साथ उनीहरुले नैतिक जिम्मेवारी लिनु पर्ने बताए । द्वन्द्वको समयका घटनालाई अपराधिकरण गर्ने वा क्रान्तीकरण गर्ने भन्ने बिषयलाई ध्यान दिन नसके प्रचण्ड र गृहमन्त्री बस्नेतको समेत यस्तै अवस्था हुने उनले बताए ।
नाकाबन्दी सकिएको लामो समय सम्म पनि सरकारले कालोबजारीको संरक्षणमा लागेका कारण नेपालीले सास्ती खेप्नु परेको भन्दै प्रवक्ता देवकोटाले वर्तमान सरकारको संरक्षणमा कालो अर्थतन्त्र मौलाएकोले जनताको समस्या समाधान गर्न नसक्ने यो सरकार पूर्णरुपमा असफल भएको देवकोटाले बताए ।
प्रवक्ता देवकोटाले पुननिर्माण प्राधिकरणलाई राजनीति भर्तिको केन्द्र बनाएर सरकारले विदेशी सहयोगको दुरुपयोग गरेको आरोप लगाए ।
नयाँ शक्तिले आर्थिक समृद्धिको नारा बुझेरै उठाएको भन्दै उनले भने उत्पादनमुखि बन्ने र देशको आर्थिक बजेट १० खरबका साथै बिदेशीको सहयोगलाई सहि सदुपयोग गरेमा मात्र बार्षिक १० लाखको हाराहारीमा रोजगारी श्रृजना गर्दै पाँच बर्षमा बेरोजगारीको अन्त्य गर्न सकिने नयाँ शक्तिसँग खाका रहेको दाबी गरे ।
नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासनको ब्यवस्थामा नयाँ शक्ति नेपाल पार्टी रहेको भन्दै यदि यसो भएमा राजनीतिक जटिलताहरुको अन्त्य तर्फ सहजता मिल्ने समेत देबकोटाले बताए ।
नेपालमा प्रत्यक्ष रुपमा बिदेशीहरुको हस्तक्षेप रहेको भन्दै उनले नेपाल र नेपाली सक्षम बन्दै राजनीतिक क्षेत्रलाई सक्षम पार्न सके हस्तक्षेप समेत अन्त्य गर्न सकिने बताए ।
नेपाल दुई ठूला आर्थिक समृद्धि हासिलतर्फ अग्रसर भएका देशका बीचमा भएकाले दुइ देश बीचको पुलको भूमिका निर्वाह गर्दै आर्थिक समृद्धि तर्फ अगाडी बढ्दै लाभ लिन सक्नु पर्नेमा उनको जोड थियो ।
नयाँ शक्तिमा ४० प्रतिशत पुरानै मुहार जो बिभिन्न राजनीतिक दलका र अन्य ६० प्रतिशत नयाँ मुहार रहेको भन्दै उनले नयाँ शक्तिमा युवाहरुको बाहुल्यता रहेको बताए ।
१ असार २०७३

वि.सं.२०७३ असार १ बुधवार १८:११ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...