back
NMB ad

कृषि आधुनिकीकरणमा सरकारले १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्दै !

Kumari bank ad

काठमाण्डौं । सरकारले बजेटमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनको घोषणा गरेसँगै कृषि विकास मन्त्रालयले परियोजना अन्तर्गत १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्ने गरी कार्ययोजना बनाएको छ । यो रकम १० वर्षभित्रमा खर्च गरिनेछ ।

सरकारले परियोजनामा आगामी आर्थिक वर्षका लागि जम्मा ५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्वदेशी लगानीको पहिलो कृषि परियोजना हो ।

सरकारले कृषि विकास मन्त्रालयलाई आगामी आर्थिक वर्ष ३ अर्ब ८२ करोड २६ लाख रुपैयाँ पूँजीगतसहित २७ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बजेट छुट्याएकामा त्यसमा वैदेशिक सहयोगको अंश २३ प्रतिशत छ ।

मन्त्रालयले आज बिहीबार पत्रकार सम्मेलन गरी परियोजनाको दश वर्षे कार्ययोजना सार्वजनिक गरेको हो । सरकारले बजेटमार्फत मुलुकलाई आगामी आर्थिक वर्ष गहुँ र तरकारी, दुई वर्षभित्र धान र आलुमा आत्मनिर्भर बनाउने घोषणा गरेकामा मन्त्रालयले भने धान, गहुँ र मकैमा आत्मनिर्भर हुन तीन वर्ष लाग्ने बताएको छ ।

२ असार २०७३, ४।००

वि.सं.२०७३ असार २ बिहीवार १६:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...