back
NMB ad

चप्पल कारखानाको मेसिन अपरेटरदेखि जिफन्टको महासचिवसम्म

Kumari bank ad

मेरो नाम बिष्णु लम्साल । म जन्मेको धादिङमा हुर्केको चितवनमा संगठनको क्यारिअर बनाएको काठमाण्डौंमा र मैले आफ्नो कामको प्रारम्भ भने होटेल सोल्टीबाट सन् १९८९ बाट सुरु गरे । धादिङ मुरलीभञ्ज्याङ गाविस निगालपानी भन्ने गाउँमा जन्मेको हुँ । २०२९/३० सालमा धादिङबाट बसाई सर्यौं र नवलपरासी गयौ । ३४ सालमा चितवन सर्यौं । अहिले चितवनको क्षेत्र नं २ कालिका नगरपालिकाको वडा नं २ मा बुबा/आमा बस्नुहुन्छ । २०/२५ बर्षदेखि हामी काठमाडौंमा नै छौं । यहाँ श्रीमती, २ छोरा र १ छोरी गरेर पाँच जनाको परिवार छ । चप्पल कारखानाको मेसिन अपरेटर, सोल्टी होटलबाट कामबाट निस्कसित भएसँगसँगै मजदुर फाँटमा केहि गर्नुपर्छ भनेर आज यो स्थानमा आईपुगेको छु ।

.                             .                                 .

प्रस्तुत छ उनै चप्पल कारखानको मेसिन अपरेटर हुँदै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव विष्णु लम्सालसँग गरेको कुराकानीमा आधारित अन्तरंग कुराकानी

 

तपाईको पारिवारिक पृष्ठभूमी र विगत कस्तो थियो ?

म धादिङमा जन्मेको मध्यम बर्गको खान, लाउन पुग्ने परिवारबाट अगाडि बढेको मान्छे हुँ । हाम्रो बुबा÷आमाको ३ जना सन्तान, म जेठो छोरो, कान्छो मेरो भाई मदन तपाईले नि चिन्नुहुन्छ, अभियान पत्रिका चलाउँछन् । त्यसपछाडी मेरो बहिनी शान्ता उनको विवाह भईसकेको छ । फिल्डका हिसाबले उनीहरु पनि पत्रकारिताकै हिसाबले काममा रहे ।

नेपाली परिवेशमा पहिलेको जमानामा त्यसमा पनि जेठो छोरो भएर हुर्किन त गाह्रै भयो होला नि ?

जेठो छोरो भएर हुर्कँदा गाह्रो त गाह्रै हुन्थ्यो । हुनतः हाम्रो सानो परिवार थियो बुबा, आमा, दुई दाजुभाई र एक जना बहिनी । भाई पनि सानै, बहिनी पनि सानै अब सानो परिवार भए पनि जेठोको अलि बढि दायित्व हुन्थ्यो । गाउँले परिवेशमा हुर्कँदा घरायसी काममा बुबा आमालाई सघाउनुपर्ने हिसाबले र त्यसपछाडी आफ्नो पढाईलाई पनि निरन्तरता दिनुपर्ने हिसावले पनि जेठो छोरो हुँदा बढि जिम्मेवारी हुनु स्वभाबिकै हो ।

पढाइलाई कहाँसम्म पुर्याउनुभएको छ ?

मैले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्तानाकोत्तर गरेको छु ।

bishnu lamsal 1

पढाईको दौरान के कस्ता दुःख कष्ट भोग्नु भयो ?

जब म सोल्टी होटलमा जागिर खान गएँ । त्यहाँ गईसकेपछी हामीले ४६ सालमा संगठन स्थापना गर्यौं । अब ३० प्रतिशत राजा विरेन्द्रको शेयर भएको होटल हुनाले राजाको होटलमा अलि कडा अनुशासनमा काम गर्नुपर्ने भएतापनि हामीले त्यहाँ संगठन स्थापना गर्यौं । संगठन स्थापना गर्दा संगठनमा पहिला म सदस्यको रुपमा निर्वाचित भएको थिए । निर्वाचित हुँदा मेरो सबै समकक्षी संगठनमा रहेको साथीहरु हेर्दा सबै पढेलेखेको भेटेँ ।
मैले जम्मा एसएलसी पास गरेको थिएँ । अनि मलाई कस्तो फिल भयो कि सबै पढेलेखेका मान्छे म चाहीँ जम्मा एसएलसी पास गरेको सबैभन्दा कमजोर मै हुँ की भन्ने अनुभुति भयो । हामी त्यहाँ संगठनमा चुनाव जित्यौं काँग्रेसका साथीहरुले हारे । त्यसपछाडी त्यो कमिटीमा आएका मान्छेहरु हेर्दा सबै पढेलेखेका अनि मलाई एकदम ह्युमिलेसन फिल भयो र तल्कालै जागिर पनि गयो ।

किन भन्दा माल्दिभ्सको राष्ट्रपतिलाई कालो झण्डा देखायो भन्ने निहुँमा १४ जना मानिसलाई होटलबाट फायर गर्ने काम भयो । त्यो फायर गरिसकेपछाडी अलि अफ्ठ्यारो दिन सुरु भयो । निरन्तर आम्दानी गर्न थालेको मान्छेलाई पढ्नुपर्ने चुनौति पनि, जागीरबाट हातधुनु पर्दा, अनि अन्यायमा परेको हुँदा मुद्दा पनि लड्नुपर्ने भयो । गैरकानुनी हिसाबले जे आरोप लगाएर निकालिएको थियो माल्दिभ्सको राष्ट्रपतिलाई कालो झण्डा देखायो भन्ने कुरो त्यो गलत थियो ।

त्यसले गर्दा अन्याय सहन पनि भएन मुद्दा पनि लड्नै प¥यो । त्यतिबेलामा अहिलेको जिफन्टले जस्तो सहयोग गरेर वकिलहरु राख्ने व्यवस्था पनि थिएन । सोल्टी म्यानेजमेन्टले भने नेपालका ठुला ठुला वकिल राखेर पैसा जति पनि खर्च गर्न सक्ने अवस्थामा थियो । हामीसँग पैसा थिएन । यता मुद्दा लड्न पर्ने चुनौती, अर्को जुन युनियनमा बस्दा आफु मात्र एसएलसी पास गरेको अरु सबै पढेलेखेका देखेपछि जुन ह्युमिलेसन फिल भएको थियो । एक्कासी त्यो जागिर गईसकेपछि ठुलो चुनौति मेरो सामु खडा भयो । अनि दाल चामलसम्म त घरबाट ल्याईन्थ्यो तर अरु खर्च त चाहिन्थ्यो । त्यो हुनाले त्यो चुनौतिलाई सामना गर्नको लागि मैले एउटा रेस्टुटेन्ट सुरु गरे थापाथलीमा र त्यो रेस्टुरेन्ट व्यवसायले केही समय आफ्नो क्यारिअर, यता मुद्दा लड्नुपर्ने, आफ्नो जीवन धान्न पर्ने र पढाईलाई पनि सँगसँगै लैजानको लागि सहयोग ग¥यो । त्यसैबाट पढ्दै पनि गएँ, यता संगठनको काम पनि गर्दै गएँ र मुद्दा पनि लड्दै गएँ र ७ बर्ष पछाडी मुद्दा जितेँ । त्यसबाट आर्थिक हिसाबले अलिकति राहत पनि मिल्यो ।

मुद्दा लड्दा लड्दै मैले सर्टिफिकेट सकेँ । त्यसपछी जिफन्टको होटल जिल्ला कमिटीमा रहेर काम गरेँ । त्यसयता संगठनलाई पनि सँगै लाने र पढाईलाई पनि संगै लाने काम गरें । यद्यपी म कलेज पढ्न गएको छु भन्ने कुरा कमैलाई थाहा हुन्थ्यो । म सकेसम्म लुकिलुकि नै पढ्न जान्थ्येँ । मैले ब्याचलर सम्म चाहीँ पहिले नै गरेको हो मास्टर्स सम्म चाहीँ बिचमा बे्रक भयो र जब ज्ञानेन्द्रले कू गरे अलिकति फुर्सद भयो । हाम्रो कार्यालयमा नै आएर सरकारले ताला लगायो । ताला लगाईसकेपछि अब चाहीँ अलि फुर्सद होला जस्तो छ भनेर मैले त्रिभुवन विश्वविद्यालयमा मास्टर्स सुरु गरे र २ बर्षमा नै त्यो सक्काएँ ।

 

होटल सोल्टीमा सोल्टीमा के काम गर्नुहुन्थ्यो ?

म सुरुमा लण्ड्री डेक्समा अपरेटर भए । अपरेटर भनेको गेस्टको अडर लिने र त्यसलाई फर्ममार्फत मान्छेलाई डेलिभर गर्न लाउने त्यस्तो कामबाट सुरु गरेँ ।

bishnu lamsal 2
त्यो दिन सम्झँदा आज ?

अब त्यो दिन आज सम्झँदा एउटा मलाई कस्तो लाग्यो भन्दा म त्यहाँ गएर अलि अप्ठ्यारो ठाउँमा काम नगरेको भए आज जुन ठाउँमा आईपुगेको छु त्यो ठाउँमा आईपुग्ने अवस्था नबन्न सक्थ्यो जस्तो लाग्छ । त्यो दिन कठिन थियो कठिन हुँदाहुँदै पनि त्यसले मलाई अवसर पनि प्रदान ग¥यो । त्यो सम्झदा साह्रै दुःख मान्नु पर्ने अवस्था पनि छैन र साह्रै खुसी हुनु पर्ने पनि छैन र तर के भन्दा त्यो चाहीँ मेरो लागि क्यारिअर बनाउने एउटा कोसेढुंगा हो भन्ने मैले लिएको छु ।

सुरुका दिनमा तपाई काठमाडौ पढ्नकै लागि भनेर आउनुभएको हो कि अन्य कुनै कामले ?

हाम्रो घर चितवन शक्तिखोर खेती किसानी, खेतालाहरु आउँथे आफुले पनि सघाउन पर्ने, गाई भैँसी हुन्थे कुँडो पकाउनेदेखि तिनिहरुको खानपिनको लागि काम गर्नै पर्दथ्यो । सकेसम्म यसो गर्न नपरोस् भन्ने लाग्थ्यो । त्यसपछि गाउँमा बसेर क्यारिअर नबन्ने जस्तो लागेपछि पढ्नकै लागि भनेर चुनौतिको सामना गरेर अगाडि बढ्छु भन्दै नै काठमाडौ आईयो

काठमाण्डौं आईसकेपछाडी धेरै संघर्ष गरियो । सबै भन्दा पहिला शेर्पाहरुले गोंगबुमा संचालन गरेको चप्पल कारखानामा काम गरेँ । त्यतिबेला दशैं खर्च दिएन भने पनि नियम कानुन के हो थाहा भएन, युनियनहरु थिएनन् । अनि हामीले यहि माग लिएर हड्ताल ग¥यौं । जोशमा जोशले हड्ताल त गरियो हड्ताल गरेको भोलिपल्ट जाँदा तेरो जागिर छैन जा भनेर पठाईदियो अनि त्यहाँबाट काठमाडौमा जागिरको यात्रा सुरु भएको हो ।

चप्पल कारखानामा के काम गर्नुहुन्थ्यो नि ?

त्यहाँ मेसिन अपरेटर थिएँ । कुनै सीप क्षमता थिएन । एक जना गाउँकै चिनेको आर्मीको क्याप्टेन हुनुहुन्थ्यो शंकर श्रेष्ठ, उहाँले ल मैले चिनेको छु जागिर खान भन्नुभयो । त्यसदिन वाईवाई चाउचाउ र चप्पल कारखानामा दुइतिर जागिरको लागि अन्तरवार्ता दिएको थिएँ । दुविधामा पर्दापर्दै चप्पल कारखानामा काम गर्न गएँ ।
राजनीतिक कुरा गरौं, कसरी राजनीतिमा प्रवेश गर्नुभयो ?

पहिला त म पार्टीका हिसावले बाबुरामजिको मोटो मसाल भन्थ्यो क्यारे टोपबहादुर राईमाझी त्यो बेलाको बिद्यार्थी नेता थिए । पहिला उनीहरुसँग सम्पर्कमा आईयो । त्यसको १ बर्ष जति त्यो पार्टीमा विद्यार्थी संगठनमा घुमियो । त्यसपछाडी बहुदल आईसकेपछि मेरो मामा अहिले अमेरिका हुनुहुन्छ बद्रि खनाल उहाँ एमाले तिर हुनुहुँदो रहेछ । अनि म पनि एमालेतिर आबद्ध भएँ ।

करिब तीन दशकको यो यात्रा मजदुर फाँटमा कस्तो रह्यो ?

म आज यो पदमा पुग्न धेरै चुनौति पार गर्नुप¥यो । पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रधानमन्त्री प्रमुख सल्लाहकार र जिफन्टका अध्यक्ष विष्णु रिमाल लगायत अन्य नेताहरु संस्थापक नै हुनुभयो । उहाँ उतिबेलै महासचिव हुनुहुन्थ्यो । म त्यतिबेला साधारण सदस्य थिएँ । संगठन स्थापना भएपछि ६ महिना पछि सदस्यता लिएको हुँ मैले । यो पोजिसनमा आउन करिब ११÷१२ वटा स्टेप पार गरेको छु । एउटा प्रतिष्ठान तहको सदस्य, होटल जिल्ला कमिटीको कोषाध्यक्ष, अनि त्यसको अध्यक्ष, केन्द्रिय कमिटिको सदस्य, केन्द्रिय समितिको सचिव, उपाध्यक्ष, अध्यक्ष सबै पार गरेर जिफन्टको राष्ट्रिय कमिटिको सदस्य, उपमहासचिव हुँदै महासचिव बन्नपुगें । निरन्तर सबै कुराको सन्तुलन मिलाएर यहाँ आईपुग्दा त आर्थिक, सांगठनिक चुनौति र विभिन्न व्यवधानहरु पार गर्दै आईयो ।

मजदुरहरु बिरोध मात्रै गर्छन् हड्ताल मात्र गर्छन् भन्ने आरोप छ नि ?

नेपालका टे«ड युनियनहरु जति जिम्मेवार संगठन दक्षिण एसिया वा एसियाको सन्दर्भमा कहिं पनि छैनन् । यति हुँदा हुँदै पनि हामीलाई चाहीँ सँधै समस्या सिर्जना गर्ने एउटा दस्ताको रुपमा हेरिन्छ । त्यो गलत हो । नेपालको ट्रेड युनियनहरु जिम्मेवार ढंगले अगाडी बढेका छन् भन्ने लाग्छ । पछिल्लो समय रोजगारदाताहरु पनि नेपालका ट्रेड युनियन संगठनहरु जिम्मेवार छन् भन्नेमा पुगेका छन् । सिंगो श्रम क्षेत्रलाई अप्ठ्यारो नपार्ने बिधिसम्मत बाटोमा हामी छौं ।

ट्रेड युनियनमा लाग्दा आफुले आफैंलाई मुल्यांकन गर्दा कति सच्चा काम गरें भन्ने लाग्छ ?

मलाई टे«ड युनियनमा लागेर गल्ति गरें भन्ने त लागेकै छैन । टे«ड युनियन भनेको श्रमिकहरुको सामुहिक हितका लागि योगदान गर्ने संस्था हो । मजदुरलाई समृद्धी दिनको लागि लड्ने संस्था हो । आवाज बिहिनको आवाज बनेर अधिकार र न्याय दिलाउनको लागि स्थापित संस्था हो ।
भन्नुपर्ने के छ भने हिजोको पुरानो न्यायिक प्राणालीको कुराले मजदुरहरुलाई अप्ठ्यारो परेको छ । न्याय पाउन १०–१५ वर्ष लाग्छ । त्यसले गर्र्दा छिटो छरितो श्रमिकलाई न्याय दिन न्यायिक आयोग बनाउँ र श्रमिकका हितका लागि नीति निमार्णको तहमा मजदुरहरुको प्रतिनिधित्व होस् भन्ने हामी चाहन्छौं । राजनीतिक दलका मान्छेले नीति निर्माण तहमा मजदुरका भावना नबुझ्नु वा बुझेर पनि नबुझेजस्तो गर्नु चाँहि चित्त दुखाईको पाटो छ । हामीले उठाएको मुद्दाले देशलाई रुपान्तरण गर्र्न मद्धत पु¥याउने मजदुर बर्गलाई समृद्धिमा लान मद्धत पुर्याउँछ भन्ने मेरो दाबी छ ।
bishnu lamsal harisharan

प्रस्तुती : हरिशरण न्यौपाने – ४ असार २०७३ 

वि.सं.२०७३ असार ४ शनिवार १६:४१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...