back
NMB ad

बिमल घर्तीमगर भन्छन्– मैले न्याय पाइन

Kumari bank ad

नवलपरासी । फुटबल खेलाडी विमल घर्ती मगरले बहिनी मनिषाको हत्यालाई प्रहरीले आत्महत्या भनेर छानबिन फितलो पारेको आरोप लगाएका छन् ।

एक महिना पुग्न लाग्दा पनि संलग्नलाई कारबाहीको साटो आत्महत्या नै हो भनेर अभियुक्तलाई चोख्याउन खोजेको आरोप उनले लगाए ।

‘हत्यारालाई कारबाही माग’ गर्दै आइतबार प्रहरी र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन गएका विमलले मनिषाको हत्या नै भएको ठोकुवा गरे । ‘प्रहरीसँग जानकारी माग्दा अनुसन्धान भइरहेको जवाफ दिन्छन्,’ उनले भने, ‘घटनाको राम्रोसँग अनुसन्धान गरेजस्तो लागेन ।’

मनिषाको हत्याको आरोपमा पक्राउ परेका आशिष भनिने रुद्रनारायण चौधरीबाहेक अरु कोहीमाथि आफ्नो परिवारले शंका नगरेको उनले प्रस्ट्याए ।

‘अरु कसैमाथि शंका छैन, उसैले गरेको हो,’ उनले भने । प्रहरीले आत्महत्या भनेर प्रचार गरेकोमा दुःख लागेको जनाउँदै आफूहरुले न्याय नपाएको दुःखेसो पोखे ।

घटना देख्ने कसैले पनि आत्महत्या भन्न नसकेको दावी गर्दै राम्रोसँग र सुक्ष्म तरिकाले छानबिन गर्न माग गरे । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार ६

वि.सं.२०७३ असार ६ सोमवार १०:०९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...